रबिन्द्र मिश्रले पठाएको राहत सभासद्ले चोरेपछि हंगामा
Advertisement
१९ जेठ
काभ्रे, भूकम्पपीडित सर्वसाधरणलाई वितरण गर्न लैजाँदै गरेको राहत सभासद्ले नै चोरी गरेपछि काभ्रेमा हंगामा मच्चिएको छ ।
आजको दृष्टि साप्ताहिकमा खबर छ– कानपुरनजिकै पुगेपछि सामान खसेको थाहा पाएपछि संस्थाका प्रतिनिधिहरुले खसेको सामान लिन फर्किए । सभासद् लामाको गाडि तिमालबाट भकुण्डे तर्फ आउँदै थियो । सामान बाटोमा देखेपछि खसेको सामान लिन आएको भन्दै त्रिपाल लगायतका सामग्री गाडिमा राखेर लामा लागेका थिए । पछि संस्थाका प्रतिनिधि आफ्नो सामान खसको भन्दै लिन जाँदा गायव बनाइएको हो । सभासद् लामालाई भेटेर संस्थाका प्रतिनिधिले सामान फिर्ता दिन आग्रह गर्दा अनेक बहाना बनाएर झुक्याइएको स्रोत बताउँछ ।
साभासद् लामा गुण्डा पृष्टभूमिका मान्छे हुन् । गुण्डागर्दि र ठेक्कापट्टाबाट कमाएको पैसा खर्च गरेर टिकट हात पारी चुनाव जितेका थिए । भूकम्पका बेला पनि आफ्नो गाउँमा मात्र राहत वितरण गरेर उनी गायब भएका थिए । दुई साताअघि काभ्रेका सिडियो सुदर्शन ढकाललाई पनि उनले दुव्र्यबहार गरेका थिए ।

Advertisement



