भूकम्पको धक्काबिना बित्यो २४ घण्टा, अब पराकम्पन रोकिएकै हो त ?
Advertisement

२०७२ जेठ १९ गते
काठमाडौँ, १९ जेठ । पछिल्लो २४ घण्टा भूकम्पको कुनै पनि झट्का महसुस गर्न नपरेपछि सर्वसाधारणले राहतको सास फेरेका छन् ।

भूकम्पको निरन्तर झट्काले त्रास कायमै रहेका बेला पछिल्लो २४ घण्टा भने नेपालमा भूकम्पको झट्का आएन ।
सोमबार बिहानबाट चार रेक्टरमाथिका भूकम्प नगएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, सोमबार बिहान ४ बजेर ३५ मिनेटमा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गए पनि बिहीबार बिहानसम्म कुनै पनि भूकम्पको धक्का महसुस गर्न परेन । चार रेक्टर मुनिका भने २ सयको हाराहारीमा पराकम्पनहरु आएको केन्द्रले बताएको छ ।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारी भन्छन्, ‘भूकम्पको पराकम्पन आउन बन्दै भएको र अब आउन बन्दै हुने चाँहि होइन् । दुई–तीन दिन नआउन पनि सक्छ, एकैदिन चार पाँच वटा आउन पनि सक्छ । तर, अब अन्तराल बढ्दै जान्छ । अझै पाँच छ महिनासम्म पराकम्पन आउने सम्भावना रहिरहन्छ ।
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...