रुघा जस्तै लक्षण देखिने एलर्जी ! सावधानी अपनाऔं
Advertisement
मदन पौड्याल/उज्यालो । काठमाडौं, असार १५ – काठमाडौंको त्रिपुरेश्वरका केशव कार्की बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म पसलमा बस्नुहुन्छ । उहाँको पसल अघि भूकम्पका कारण भत्किएको मन्दिर छ । अहिले बाटोमा गाडीको चापसँगै धुलो पनि उढ्छ ।
अहिले अस्पतालमा उहाँको जस्तै समस्या लिएर आउने बिरामीको संख्या धेरै छ । रुघा जस्तै लक्षण देखिने तर लामो समयसम्म निको नहुने एलर्जीको संक्रमण बढेको छ । सामान्य रुघाखोकी हप्ता १० दिनमा निको हुने भएपनि अहिले लामो समयसम्म एलर्जी भैरहने पाइएको छ । रुघाखोकीको आशंकामा ५८ जनाको नमुना परिक्षण गरिएकोमा ५७ जनामा रुघाखोकी नभएर एलर्जी भएको पाइएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
जुन अंगसँग सम्बन्धित एलर्जी भयो त्यसैमा बढी समस्या हुने इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा टेकुका निर्देशक डा. बाबुराम मरासिनीले बताउनुभयो । बाक्लो बस्ती, मानिसको भिडभाड र गाडी तथा कलकारखाबाट निस्कने प्रदुषण, धुलो, धुवाँले गर्दा एलर्जीको समस्या हुने गर्छ ।
एलर्जीका सामान्य लक्षणहरु
हाच्छ्युँ आउँछ
सुक्खा खोकी लाग्छ तर ज्वरो आएजस्तो लाग्दैन
सामान्यतया नाक बन्द हुने हुन्छ, तर नाकबाट पानी नबग्न सक्छ
रुघा भन्दा लामो समय सताउँछ
यो समस्या देखिएमा के गर्ने ?
बाहिर निस्कीदा मास्क प्रयोग गर्ने
शुद्ध पानी पिउने ,सकभर उमालेर पानी पिउने
फलफूल सफा गरेर खाने
खानेकुरा ताजा मात्र खाने बासी सडेगलेका खानेकुरा नखाने
गर्मीमा लगाउने कपडा समय समयमा सफा गर्ने र सरसफाइमा ध्यान दिने
स्वास्थ्यमा गम्भीर समस्या भए नजिकैको स्वस्थ्य संस्थामा सम्पर्क गर्न पनि चिकित्सकले सुझाव दिएका छन् ।source taja khabar
Advertisement