-गोरो हुन क्रीम लगाउँनेहरू सावधान ! थाहा पाउनुहोस्
Advertisement

काठमाडौं, आजकल केही मानिसहरू यस्तो स्किन क्रीमको प्रयोग गर्ने गर्दछन, जसमा पारो को प्रयोग गरिएको हुन्छ । मानिसहरू यस प्रकारका क्रीमलाइ अनुहारमा लगाउँदछन वा इन्जेक्शनबाट त्वचा भित्र पुर्याउने गर्दछन, ताकि आफ्नो त्वचालाइ गोरो बनाउन सकियोस, तर वैज्ञानिकहरूले भने पारो युक्त क्रीमको प्रयोगले गम्भीर स्वास्थ्य समस्याहरूको सामना गर्नु पर्ने हुन सक्ने बताएका छन ।अनुसन्धानकर्ताहरूका अनुसार अब मानिसहरू पारोयुक्त क्रीमहरूको पहिले भन्दा सजिलै तरिकाले चिन्न सक्ने भएका छन ।


क्यालिफोर्नियाको स्वास्थ्य विभागका गोर्डन व्रदोलजकका अनुसार अमेरिकामा गरिने उत्पानहरूमा पारोको सीमा प्रति दस लाखमा एक भाग छ । उनले भने ‘विषालु उत्पादनहरूको पहिचान गर्नु एक लामो प्रक्रिया रहेको छ । यसैले हामीले यस्तो एक उपकरणको निर्माण गरेका छौं, जस मार्फत एक्स-रे को तरंगहरूको माध्यमबाट सौन्दर्य उत्पादनहरूमा रहेको पारोको पहिचान सजिलै गर्न सकिन्छ । ‘

उनले भने परानो प्रविधिमा यस प्रकारको एउटा उत्पादनको जांच गर्न पनि निकै दिन लाग्ने गर्दथ्यो । अब भने एक दिनमानै २० देखि ३० वटा सम्म नमूनाहरूको परीक्षण गर्न सम्भव भएको छ । मानिसहरूले यस्ता उत्पादनहरू चिनेर त्यसको प्रयोग बन्द गर्नु पर्दछ, अन्यथा यसले मानिसलाइ निकै नराम्रो असर पुर्याउन सक्दछ ।अब गोरो देखिनका लागी यस प्रकारका परिक्षण नगरिएका क्रिमहरूको प्रयोग नगर्ने हो कि ?source taja-onlinesamachar.

Advertisement



प्रतिक्रिया दिनुहोस्...