खुशीको खबर....फेसबुकले ल्यायो नयाँ सुरक्षा प्रणाली
Advertisement

फेसबुकले आफ्ना प्रयोगकर्ताहरुका लागि नयाँ सुरक्षा प्रणाली ल्याएको छ। यो सुरक्षा प्रणालीले सामाजिक सञ्जालका साइटहरुमा रहेका भाइरस वा मालवेयर खोज्ने काम गर्छ।


फेसबुकले यो फिचरको लागि नाम चलेको एन्टि भाइरस कम्पनी क्यासपर्सकि ल्याबसँग काम गरेको हो। यसबाट कम्पनीले अनलाइन सेक्यूरिटी प्रोग्राम बनाएको हो।

यस क्रममा फेसबुकले सुरक्षा कम्पनीसँग काम गर्दा राम्रो अनुभव रहेको पनि बताएको छ। यसबाट गत ३ महिनामा २० लाख मानिसहरुको कम्प्यूटरबाट मालवेयर हटाइएको बताइएको छ।

 तर  यो कुरा प्रयोगकर्ता फेसबुकमा कनेक्ट नभएसम्म थाहा हुँदैन। यस्तो अवस्थामा फेसबुकको एक ब्याकअप सुरक्षा प्रणालीले काम गर्छ जसले फेसबुक प्रयोग गरेको बेलामा प्रयोगकर्ताको कम्प्यूटर क्लीन गरिदिन्छ।

फेसबुकका अनुसार यो प्रोग्राम एक सिग्नल कम्बिनेशन हो जसले भाइरस पत्ता लगाउँछ र प्रयोगकर्ताको कम्प्यूटरलाई बेकामका लिंकहरुबाट पनि बचाउँछ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...