.कतारमा मृत्यु दण्ड सुनाएका कुशल संग परदेशी खबरको कुराकानी
Advertisement

कतारमा मृत्यु दण्ड सुनाएका कुशल संग परदेशी खबरको कुराकानी

कतारमा मृत्यु दण्ड सुनाएका कुशल संग परदेशी खबरको कुराकानी परदेशी खबर, अप्रिल ६ कुवेत,
कतारको सर्वोच्च अदालतले पनी स्याङ्जाका कुशल कार्कीलाई मृत्युदण्डको फैसला सुनाएको छ बिगतमा गरेको पुनरावेदन र तल्लो अदालतको फैसलालाई सदर गर्दै दोषी कुशललाई मृत्युदण्डको फैसला गरेको हो ।
२०१२ अक्टोबर २० मा महोत्तरीका मोहम्मद इर्शाद अन्सारीको हत्या गरेको अभियोगमा कार्कीलाई अदालतले दोषी ठहर गरेको हो । नेपाली दूतावासले यसअघि नै अदालतले मृत्युदण्डको सजाय सुनाएकोबारे परराष्ट्र मन्त्रालयलाई जानकारी दिइसकेको थियो तर पनी नेपाल सरकारबाट कुनै किसिमको पहल भएको देखिदैन पीडक र पीडित दुवै नेपाली हुन् दुई परिवारबीच मेलमिलाप भएमा सजाय कार्यान्वयन हुँदैन, काठमाण्डू स्थित परदेशी खबर संबाददाता सुदिप बर्देवा सग कुरा गर्दै उनले भने परिवार सग र 'सम्बन्धित निकायसग माफी माग्छु एक पटक सुध्रने मौका दिनु होला अब यस्तो कार्य जिबनमा गर्न त के सोच्न पनी सक्दिन मेलमिलापको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दछु |
उता अन्सारीका परिवारले भने माफी दिन चाहेका छैनन् उनले आफ्नो परिवार र सहपाठी मार्फत पीडित परिवारलाई मनाउन आग्रह गरेको बताए । उनको अनुसार मोहम्मद इर्शाद अन्सारी कम्पनीका सुपर भाइजर थिए मासिक तलब लिन बांकी थियो मैले पैसा माग्दा उनले एक्कासी गाली गलौज गरे पछि काम दिनु भन्दा पनी काम दिएनन् र छलफल गर्न जादा कुरा लम्बियो एक आपसमाँ झगडा भयो उपचारका क्रममा उनको मृत्यु भयो 'मबाट गल्ती भयो । यसमा मेरो पश्चाताप छ,' उनले भने, 'पीडित परिवारको तर्फबाट मलाई माफी दिन अपिल गर्छु ।' र नेपालको कानुनमा फासिको सजाय छैन मैले बिदेशमा आएर आफ्नो मृत्यु पर्खिरहेको छु यसमा सरकारको तर्फबाट पहल गर्न पनि अनुरोध गर्दछु |
सामान्यतया कतारको कानुनअनुसार पीडित परिवारले पीडक पक्षबाट दिइएको ब्लडमनि स्वीकार गरेको खण्डमा माफी दिन सकिन्छ । यहाँ ब्लडमनिबापत दुई लाख रियाल -५२ लाख रुपैयाँ) दिइने नियम छ । कतार गएको तीन महिनामै उनी हत्या अभियोगमा पक्राउ परेका थिए | स्रोत : परदेशी खबर डट

Advertisement



प्रतिक्रिया दिनुहोस्...