रेखा थापाले मलाई ‘आइ लभ यु’ भन्छिन् : राजेश पायल
Advertisement

काठमाडौं : गायक राजेश पायल राईले अभिनेत्री रेखा थापाले आफूलाई ‘आइ लभ यु’ भन्ने गरेको बताएका छन् । तर, आफुहरुको माया विवाह गर्ने खालको नभएको उनको भनाई छ ।  नयाँ पत्रिका दैनिकलाई अन्तरवार्ता दिदै गायक राईले रेखालाई साडी लगाउन सुझाब समेत दिएका छन् । गायक राईले रेखासँगको सम्बन्ध, उनीसँग हुने कुराकानीबारे यसरी बताएका छन् :-

मैले रेखा (थापा)लाई पहिलोपटक भेटेको सन् ००५ वा ००७ मा हो । नेपालमा होइन, एकैचोटि मलेसियामा भेटेको । एउटा कार्यक्रममा गएका वेला भेट भयो । त्यसवेला रेखा अहिलेकी रेखा थिइनन्, भर्खरै तीन–चारवटा फिल्म खेलेकी कलाकार थिइन् । पूर्वबाट उदाउँदै गरेकी एउटी नायिकाका रूपमा त्यहाँ चिनेँ । एकदमै फ्लेक्जिबल थिइन्, बोलिरहने खालकी ।

फेसन डिजाइनरले कहिलेकाहीँ झन्डा, देश देख्दैन । कहिलेकाहीँ राष्ट्रिय झन्डाले गुप्तांग छोपेको कपडा डिजाइन हुन्छ । रेखाले पनि त्यसलाई फेसनको रूपमा मात्रै लिएकी थिइन् । यति धेरै विवादमा आउला भन्ने ठानेकी थिइनन् होला ।

उनका हरेक कुरा चलचित्र ‘फोकस’ थिए । त्यसप्रति डेडिकेसन थियो । महाभारतमा अर्जुनले धनुषबाण हान्दा रूखको हाँगामा चरा मात्र देख्थे रे । त्यस्तै, रेखाले चलचित्रलाई ‘अर्जुनले चरा देखेजसरी’ देखिकी थिइन् । रेखाको सुन्दरता र चलचित्रप्रतिको लगाबले मलाई त्यतिवेलै लागेको थियो, ‘यो केटीले पक्कै केही गर्न सक्छे ।’
त्यसपछिका दिनमा हाम्रो मित्रता बढ्यो । हामीले यति धेरै कन्सर्ट गर्‍यौँ कि भोजपुरमा त होलिकोप्टरमै गएर सो गर्‍यौँ । कतार, ओमानलगायतका देशमा गएर सो गर्‍यौँ । धेरै कन्सर्टमा उनले मसँगै गीत पनि गाइन् । उनी गायिका त होइनन्, नायिका नै हुन्, तैपनि इन्टरटेनरचाहिँ हुन् । कुनै न कुनै रूपमा इन्टरटेन्मेन्ट गर्छिन् र गराउँछिन् । उनीसँगको संगतका रमाइला प्रसंग छन् ।

एकपटक कार्यक्रम लिएर कतार पुगेका थियौँ । हलभित्रै छिरेर कतारी प्रहरीले कार्यक्रम रोक्नुस् भन्यो । हामीले किन रोक्ने ? भन्यौँ । रेखाको पहिरन छोटो भएकोले रोक्नुस् भनेको रहेछ । रोक्नुस् मात्रै भनेनन्, केही एकछिन त केरकार नै गरे । हामीले ‘हाम्रो नायिका हो, हाम्रो देशमा यो गीतमा यत्तिको छोटो कपडा लगाएर नाच्दा सामान्य मानिन्छ’ भन्यौँ । उनीहरूले ‘हाम्रो कतारी नियम छ । हाम्रो नियममा यति छोटो लुगा लगाएर नाच्न पाइँदैन’ भने । ‘यी नायिका भए पनि हाम्रो देशको ‘रुल्स’ बुझ्नुपर्दैन’ भनेर हामीलाई झनै थर्काए । हामीले माफी माग्यौँ ।

मैले रेखालाई ‘पाइन्ट लगाउनुस्’ भनेँ । उनले ‘अरू लुगा त होटेलमा पो छ’ भनिन् । हामी ‘पर्फम’ गर्न गएका । उनले ‘पर्फम’ नै गर्न नपाउनेजस्तो अवस्था आयो । हामीले प्रहरीलाई हाम्रो बाध्यता सुनाएर फेरि आग्रह गर्‍यौँ । उनीहरूले ‘एकपटकलाई ठीक छ । तर, अल्लाहको प्रार्थना सकिएपछि मात्रै गर्नू’ भने । १५ मिनेटपछि उनीहरूले अल्लाहको प्रार्थना सके । त्यसपछि बल्ल रेखाले त्यही पोसाकमै मसँग ‘सागरसरि चोखो माया’ गीत गाइन् ।

रेखा मेरी धेरै राम्री फ्यान हुन् । मलेसियामा उनले मलाई ‘दाइ’ भनेर बोलाएकी थिइन् । म काम, उमेर दुवैले सिनियर थिएँ । हामी एकले अर्कालाई ‘डार्लिङ’ भनेर बोलाउँछौँ । म उनलाई तिमी भन्छु, उनी तपाईं भन्छिन् । उनको स्वभाव हक्की छ । पूर्वमा हुर्किएकी, क्षत्रीकी छोरी भएर पनि होला, राई–लिम्बूको जस्तो हक्की स्वभाव छ । तुरुन्तै निर्णय लिइहाल्ने बानी छ । त्यही तुरुन्तै निर्णय लिइहाल्ने बानीले उनलाई रेखा थापा पनि बनाएको हो । कहिलेकाहीँ भने उनको यही स्वभावले अप्ठ्यारो पनि पारेको छ । तथापि, मलाई उनको स्वभाव मनपर्छ ।

मोबाइलमा एसएमएस भइरहन्छ । लोकगीतमा जुहारी खेल्छौँ । कहिलेकाहीँ उनी हिन्दी गीत पठाइरहेकी हुन्छिन् । मैले पनि त्यसलाई काउन्टर गर्ने गरी अरू गीत पठाउँछु । ती सबै रमाइलोका लागि हो ।

एकपटक म बिरामी परेर हातखुट्टा नचल्ने अवस्थाको थिएँ । त्यस्तो वेलामा पनि रेखाले हिफाजत फिल्ममा गीत गाउन आग्रह गरिन् । संगीतकार महेश खड्का र रेखाले मेरो निबासमै आएर गीत गाउन आग्रह गरे ।

रेखाले मलाई डोर्‍याएर रेकर्डिङ स्टुडियोसम्म पुर्‍याइन् । त्यही फिल्ममा राखिएको त्यत्ति राम्रो गीत पछि विवादास्पद पनि बन्यो । हरे, हरे नारायण, नारायण भन्ने गीतको बोल थियो । रेखा र म एउटा प्रोग्राममा कतारमा थियौँ । यहाँ त्यसको मुद्दा चल्दै थियो । रेखा थापालाई हिन्दू संघले मुद्दा हालेको थियो, ‘गीत सेन्सर गराइयोस्’ भनेर । त्यो गीतमा रेखाले हरे, हरे नारायण लगाएको कपडा तल लगाएकी थिइन् । पछि त्यो विवाद मिलायौँ ।

फेसन डिजाइनरले कहिलेकाहीँ झन्डा, देश देख्दैन । कहिलेकाहीँ राष्ट्रिय झन्डाले गुप्तांग छोपेको कपडा डिजाइन हुन्छ । रेखाले पनि त्यसलाई फेसनको रूपमा मात्रै लिएकी थिइन् । यति धेरै विवादमा आउला भन्ने ठानेकी थिइनन् होला । कहिलेकाहीँ म उनलाई ‘तिम्रो बालहठी स्वभाव’की पनि भन्छु । मेरी प्यारी नायिका भएकीले त्यसो भन्छु । रेखा थापाका ९० प्रतिशत फिल्मका गीत मैले गाएको छु ।

रेखासँग घुम्नकै लागि कतै निस्किएको छैन । विदेशतिर कार्यक्रममा जाँदा घुमिन्छ । नेपालमा कहिलेकाहीँ क्लबहरूमा भेट हुन्छ । कहिलेकाहीँ कुनै कुराकानी गर्नुपर्ने भएमा ‘लौ त्यो ठाउँ सेक्रेट छ, त्यहाँ गएर कुरा गरौँ । खाजा खाऔँ’ भन्छौँ । मोबाइलमा एसएमएस भइरहन्छ । लोकगीतमा जुहारी खेल्छौँ । कहिलेकाहीँ उनी हिन्दी गीत पठाइरहेकी हुन्छिन् । मैले पनि त्यसलाई काउन्टर गर्ने गरी अरू गीत पठाउँछु । ती सबै रमाइलोका लागि हो ।

रेखा थापा भेट्दा ‘तपाईं विवाह गर्नुस् । राईनी बिहे गर्नुस् । हङकङ, युके बस्नेहरू निकै राम्रा हुन्छन् । चट्ट लाएर विवाह गर्नुस्’ भन्छिन् । उनी मात्रै हुन्, मलाई विवाह गर्नुस् भन्ने । अरू मान्छेले मलाई विवाह गर्नुस् दाइ भनेको सुनेको छैन । उनी कहिलेकाहीँ वैवाहिक जीवनबारे कुरा गर्छिन् । ‘सानै उमेरमा थाहा नै नपाई विवाह गरियो’ भन्छिन् । ‘निकै सोचेर गर्नुपर्ने चिज रहेछ’ भन्छिन् ।

उनको सम्बन्धविच्छेद पनि भयो । उनको कुरा सुन्दा जेनेरेसन ग्यापकै कारण उनको सम्बन्धविच्छेद भएको भन्न सकिन्छ । उनले ‘माया गथ्र्यो, त्यो स्वाभाविक हो, तर पनि कुनै चिजमा असमझदारी हुन्थ्यो, मेरो त कुनै गल्ती छैन’ भन्छिन् । मैले छवि दाइलाई पनि ‘किन हो, सम्बन्धविच्छेद भएको’ भनेर सोधेको पनि छैन । म अर्काको व्यक्तिगत मामिला सोध्न पनि चाहन्नँ ।

रेखा थापा छोटा कपडा लगाउँछिन्, मन परेरै होला । म उनलाई ‘तिमी चलेकी राम्री नायिका हौ, कुर्था, साडी लगाउन’ भन्छु । उनी अहिले बिस्तारै लगाउँदै छिन् पनि । फिल्ममा छोटा कपडा लगाउँछिन्, त्यो त कथाले होला ।हामी एकले अर्कालाई माया गर्छौ। श्रद्धा गर्छौ। उनी ‘आइ लभ यु’ पनि भन्छिन् । तर, यो प्रेमिकाले प्रेमीलाई भन्ने आई लभ यु होइन । हामीले एकले अर्कालाई गर्ने मायाको निक्र्यौल त्यो होइन कि, विवाह गर्ने । एकले अर्कालाई सम्मान गर्छौँ । कलाकारिताको न्यानो सम्बन्धबाहेक केही छैन ।

रेखालाई मेरो अरू कुनै सुझाब छैन । उनी सर्वाधिक हेरिएकी नायिका हुन् । अभिनयकी खानी हुन् । डाइरेक्टरले उनको अभिनयकला अझै बाहिर ल्याउन सक्छन् । धेरै मानिस उनीबारे चासो राख्छन् । उनी फेरि राजनीतिमा पनि लाग्दै छिन् । मेरो एउटै सल्लाह छ, निर्णय गर्दा हतार नगर । विचार पुर्‍याऊ, किनकि अहिलेको परिवेशमा नेपालकी नम्बर वान नायिका रेखा थापा नै हुन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...