सरकार परिवर्तनका बारेमा एमाओवादीले गर्यो यस्तो निर्णय
Advertisement

१२ असार, काठमाडौं ।
एकीकृत माओवादीले संविधान जारी नभइ सरकार परिवर्तनका बारेमा छलफल गर्नु हतार हुने बताएको छ । पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरी माओवादीले संविधानको प्रारम्भिक मस्यौदा तयार भइसकेकाले अब सबै दलको ध्यान चाँडो संविधान जारी गर्नमा केन्द्रीत हुनुपर्ने बताएको छ ।

एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले संविधानका कतिपय विषयमा अझै पनि कुरा मिल्न बाँकि रहेको भन्दै प्रमुख दलहरुले सरकार परिवर्तनमा भन्दा मिल्न बाँकि विषय टुंग्याउन छलफललाई तिब्रता दिनुपर्ने बताए । उनले अब गठन हुने संघीय आयोगले दिने सुझावका आधारमा प्रादेशिक संरचनाको टुंगो लागेपछि मात्र स्थानीय निकायको निर्वाचन गर्नुपर्ने स्पष्ट पारे ।
महासचिव महराले संसदीय व्यवस्थाको सट्टामा समाजवाद उन्मुख जनताको संघीय लोकतान्त्रिकगणतन्त्रात्मक शासन व्यवस्थामा काँग्रेस र एमालेलाई संविधान जारी हुने बेलासम्म मनाउन प्रयास गर्ने बताए ।
एकीकृत माओवादीले शासन प्रणालीका सम्बन्धमा लिखितरुपमा फरक मत राखेको छ । महासचिव महराले आफ्नो फरक मतले संविधान निर्माणको काममा कुनै वाधा नपुग्ने बताए । एकीकृत माओवादीले भुकम्प प्रभावित १५ जिल्लामा ३० हजार ३ सय ६ कार्यकर्ता परिचालन गरेरे ४ सय २६ वटा निजी टहरा तथा सामुदायिक विद्यालयका लागि ३ सय २८ वटा अस्थायी टहरा बनाइदिएको जानकारी दिएको छ ।source:npheadlines

Advertisement



प्रतिक्रिया दिनुहोस्...