विमानको यात्रुलाई थप खाना नदिएपछि साढे तीन लाख पाउन्ड घाटा......
Advertisement

रोमबाट दुई सय ८२ यात्रु लिएर अमेरिकाको सिकागो जाँदै गरेको विमानमा सवार एक यात्रुले अतिरिक्त खाना मागे । अरू यात्रुलाई नपुग्ने भन्दै एयर होस्टेसहरूले उब्रिएछ भने अन्त्यमा अतिरिक्त खाना दिने भनेपछि ती यात्रु रिसले आगो भए । यात्रुले कुनै पनि हालतमा आफूले भनेको खाना दिनुपर्ने अडान राखे र झगडा गर्न थाले ।

झगडा बढ्दै गएपछि आखिरमा विमान गन्तव्यतर्फ नगई आयरल्यान्डको बेलफास्ट विमानस्थलतर्फ मोडियो । पूर्वनिर्धारित हवाई मार्ग परिवर्तन गरी आयरल्यान्डतर्फ विमान मोड्नुपर्दा एयरलाइन्सलाई साढे तीन लाख पाउन्ड घाटा लागेको छ । एउटा यात्रुको जिद्दीका कारण युनाइटेड एयरलाइन्सले यति ठूलो घाटा व्यहोरेको हो । कम्पनीलाई यति ठूलो घाटा लगाउने यात्रु हुन्, अमेरिकी राज्य क्यालिफोर्नियानिवासी ४२ वर्षीय जेरेमिया माथिस थेड । जेरेमियाले खोजेको खाना दिलाइदिन विमानलाई आयरल्यान्डतर्फ मोडिएको भने होइन । मागेको खाना नपाएपछि जथाभावी बोल्दै जेरेमियाले चालक दलकी एउटी महिला सदस्यमाथि अभद्र व्यवहार गर्न थालेपछि उनलाई कानुनी कठघरामा चाँडोभन्दा चाँडो उभ्याउन विमानलाई पाइलटहरूले आयरल्यान्डतर्फ मोडेका थिए । ‘आफ्नो भाग खाइसकेपछि ती व्यक्तिले अतिरक्त खाना मागे । मेवाको चाना उनले मागेका थिए । एयर होस्टेसहरूले अरू यात्रुलाई बाँडिसकेपछि उब्रिएछ भने मेवा दिने बताए पनि उनले जिद्दी गरिरहे । तर, ती व्यक्तिले मानेनन् र झगडा गर्न तम्सिए । जथाभावी बोल्दै चालक समूहकी एक महिला सदस्यमाथि दुव्र्यवहार गरे । विमान अवतरण गर्नासाथ उनलाई पक्राउ गरी आयरल्यान्डको लेरेन मजिस्ट्रेट कोर्टमा पेस गरिएको बेलफास्ट इन्टरनेसनल एयरपोर्ट कन्स्टेबुलरीका अधिकारी विलियम रोबिनसनले बताए । पाइलटले ५० लिटर अतिरिक्त इन्धन खर्च गरेर विमानलाई आयरल्यान्डको विमानस्थलमा अवतरण गराएका थिए । source:nayapatrica

Advertisement



प्रतिक्रिया दिनुहोस्...