.१९३ यात्रु बोकेको एयर ड्रीमलाइनरको विमान दुर्घटना..
Advertisement

काठमाडौं, १५ असार । १९३ याुत्र बोकेको एक विमान मंगलबार विहानै दुर्घटनामा परेको छ ।
एयरमैक्सिको ड्रीमलाइनरको यात्रुवहाक विमान इन्जिनमा आगो लागेर दुर्घटनामा परेको हो । यद्यपी विमानमा सवार यात्रुलाई सकुशल बचाउन सकिएको बताइएको छ ।
उक्त विमानमा आगो लागेपछि आयरल्याण्डको शान्नोन विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । आकस्मिक अवतरण पश्चात विमान रहेका सबै यात्रुलाई इमरजेन्सी ढोकाबाट बाहिर निकालिएको थियो ।
आगो लागेको विमानको आधा भाग जलेको अधिकारीले बताएका छन् । त्यहाँका सेना र विमानस्थलका कर्मचारीले झण्डै एक घण्टापछि विमानमा लागेको आगोलाई नियन्त्रणमा लिएको बताइएको छ । १९३ यात्रु बोकेर एयरमैक्सिको ड्रीमलाइनरको एएम–३ विमान मैक्सिको सिटीबाट पेरिसतर्फ गइरहेको थियो ।
पाइलटले समयमै विमानमा आगो लागेको थाहा पाएर तुरुन्त आयरलयाण्ड विमानस्थलमा सम्पर्क गरी आकस्मिक अवतरणका लागि अनुमती मागेका थिए । विमानस्थलका कर्मचारीले फटाफट आकस्मिक अवतरणका लागि अनुमती दिँदा पाइलट १९३ यात्रुको ज्यान बचाउन सफल भएका हुन् ।
अहिले विमानस्थलमा उक्त जहाजमा आगो कसरी लग्यो भनी जाँच भइरहेको छ ।source dainiknepal.com



Advertisement



प्रतिक्रिया दिनुहोस्...