वैज्ञानिकहरूले पहिलो चोटि चट्ट्याङको तस्विर खिचे
Advertisement
बेस्सरी गड्याङ्गुडुङ् गर्दा अनि राति पनि पुरै धर्ति उज्यालो हुने गरि चट्ट्याङ्को झिल्का खस्दा कसको मुटु थर्किँदैन र! त्यो दृश्यलाई कहिल्यै नियाल्ने कोशिस गर्नुभएको छ? छैन भने पनि चिन्ता नगर्नुहोस्, वैज्ञानिकहरूले सबैको मनलाई थर्काउने चट्ट्याङ्को पर्दाफास गरिसकेक छन्।
अमेरिकाको ‘साउथवेस्ट रिसर्च इन्स्टिच्युट’का केहि वैज्ञानिकहरूको समूहले पहिलोचोटि चट्ट्याङ्को विस्तृत तस्विर खिच्न सफल भएका छन्, र यो हामीले कल्पना गरेको भन्दा धेरै नै अद्भूत हुँदो रहेछ।
उक्त तस्विर ‘ध्वनिक तरङ्ग’ (acoustic wave) लाई मापन गरेर खिचिएको हो। वैज्ञानिकहरू आफैले कृत्रिम चट्ट्याङ् बनाएर त्यसको आवाज यानि कि गड्याङ्गुडुङ्लाई चारैतिर राखिएको माइक्रोफोनको माध्यमबाट तस्विर खिच्न सफल भएका हुन्। धेरै उचाईबाट चट्ट्याङ्को आवाज जमिनमा भएको माइक्रोफोनसम्म आइपुग्न धेरै नै समय लाग्छ किनभने ध्वनीको गतिभन्दा प्रकाशको गति छिटो हुन्छ, आखिर चट्ट्याङ्को झिल्का पनि प्रकाश नै त हो। यसरी तस्विर खिच्दा आकाशमा कसरी गड्याङ्गुडुङ् गर्छ भन्ने कुराको विस्तृत जानकारी पाउन सकिन्छ।
“गड्याङ्गुडुङ् कसरी गर्छ भन्ने कुरा जान्नुभन्दा अगाडि चट्ट्याङ् के हो भन्ने कुरा जान्नु जरुरी हुन्छ। जब बादलमा भएका विध्युतिय शक्ति (electrical pulse) हरू एक-आपसमा अथवा एक-अर्कासँग ठोक्किन्छन् तब त्यहाँ एकप्रकारको शक्तिशाली इनर्जी पैदा हुन्छ। यदि त्यो इनर्जी केहि माध्यमबाट पृथ्वीमा आउन पायो भने विध्युतिय तरङ्गको रूपमा आउँछ र त्यसलाई चट्ट्याङ् (lightening) भनिन्छ। त्यसरी पृथ्वीमा इनर्जी आउने क्रममा एकदम ठूलो आवाज निकाल्ने गर्दछ जसलाई गड्याङ्गुडुङ् (thunder) भन्ने गरिन्छ। तर ध्वनीको गति प्रकाशको भन्दा ढिलो भएको हुनाले हामीले सुरुमा चट्ट्याङ् देख्छौं र केहि बेर पछि मात्रै गड्याङ्गुडुङ् सुनिन्छ।”
चट्ट्याङ्को प्रकृतिलाई तस्विरमा कब्जा गर्नको लागि वैज्ञानिकहरूले सुरुमा लामो, केभ्लर कोटेड (Kevlar-coated) तामाको तारलाई बादलमा पठाएका थिए। नतिजामा के देखियो भन्दा एकदम मनमोहक चट्ट्याङ् देखियो र त्यसपछि गड्याङ्गुडुङ् सुनियो। उक्त दृश्यलाई चट्ट्याङ् खसेको ९५ मिटर टाढा राखिएको १५ वटा अल्ट्रा-सेन्सिटिभ (ultra sensitive) माइक्रोफोनले कब्जा गरेको थियो।lightening and thunder mapping (3)
अनुसन्धानबाट के पत्ता लाग्यो भन्दा जब चट्ट्याङ्बाट जति धेरै करेन्ट बग्छ त्यति नै ठूलो आवाज निकाल्दछ। यो नतिजाको कारणले कुनै दिन वैज्ञानिकहरूले चट्ट्याङ्बाट उर्जा कसरी निकाल्ने भन्ने कुराको अनुसन्धान गर्न धेरै नै सजिलो हुने अनुसन्धानकर्ताहरूको दाबी छ।
Advertisement