-एमाले नेतृ रामकुमारी झाँक्री र मिडियाबिरुद्ध ७० बर्षीया बृद्धा अदालत जाने..
Advertisement

काठमाडौं । धान दिवसमा ७० बर्षीया बृद्धासँग आर्शिवाद लिन खोज्दा अश्लिल हर्कतको आरोप लागेका निवर्तमान कृषिमन्त्री हरि पराजुली र बृद्धा सानु केसी अदालत जाने भएका छन् । धान दिवसमा काठमाडौं मुलपानीकी ७० बर्षीया सानु केसीसँग मन्त्री पराजुलीले आर्शिवाद लिएका थिए । तर त्यसलाई अश्लिल हर्कतको संज्ञा दिने मिडिया र एमाले नेत्रृ रामकुमारी झाँक्री बिरुद्ध अदालत जाने तयारी गरेका छन् । ‘कि मिडिया र नेताहरुले अश्लिल हर्कत प्रमाणित गर्दछन् की न्याय पाउछु’ बृद्धा केसीले भनिन् ‘मलाई बाँच्न मुस्किल बनाउने मिडियालाई कारवाही त होला नी ।’

अश्लिल हर्कत प्रमाणित गर्न चुनौति दिदै एक दैनिक पत्रिका र केही अनलाइनबिरुद्ध पराजुली र केसी अदालत जाने भएका छन् । अदालतले अश्लिल हर्कत नै प्रमाणित गरिदिए कारवाही भोग्न तयार भएको जनाउँदै आफुहरु मुद्दामा जान लागेको निवर्तनमा मन्त्री पराजुलीले बताए । मिडिया हाउस र बाइलाइन समाचार लेख्ने पत्रकारबिरुद्ध पनि मुद्दा दायर गर्ने तयारी पराजुलीले गरेका छन् । नेपालगन्जको सेकुवा कर्नरमा महिला हिंसा गरेको प्रमाणित गर्न र ती महिला को हुन् उनलाई सार्वजनिक गर्न माग गर्दै पराजुली अदालत जाने बताएका छन् । ‘अर्कालाई आत्महत्याका तहमा पुरयाउनेलाई कसरी माफ गर्न सकिन्छ ?’ मन्त्री पराजुलीले भने ‘मन्त्री पद छोडेर म साधरण भएको छु अव न्यायको लडाई लड्छु ।’

बृद्धा केसी र पराजुलीले मिडियाबिरुद्ध मात्र नभई एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्री र बैकल्पीक केन्द्रीय सदस्य रचना खड्काबिरुद्ध पनि मुद्दा दायर गर्ने भएका छन् । तथ्य नबुझी आफ्नो चरित्र हत्या गरेको भन्दै उनीहरुबिरुद्ध अदालत जाने तयारी गरेका छन् । धान दिवसमा महिलामाथी अश्लिल हर्कत गरेको भन्दै झाँक्री र खड्काले कडा आपत्ती जनाएका थिए । सामाजिक सञ्जालमा उनीहरुले लेखेको स्ट्याटस तथ्य परक थिएन । झाँक्री र खड्का मात्र नभई प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रतिक प्रधानले पनि दवाव मुलक स्ट्याटस लेखेका थिए । प्रधान स्वतन्त्र ब्यक्ति होइनन् । प्रधानमन्त्रीको प्रेस सल्लाहकार भएपछि सत्य तथ्यका आधारमा दवाव दिनु पर्दथ्यो तर उनले पनि हल्लाकै भरमा दवाव दिएर मदीय मर्यादाको दुरुपयोग गरेको आरोप पराजुलीले लगाए ।

बृद्धा केसी र पराजुलीको अदालत जाने योजनामा एक सय भन्दा बढि कृषक समुह, बृद्धा केसीका आफ्न्तहरुले सहयोग गर्ने भएका छन् । बिदेशमा रहेका बृद्धा केसीका आफ्न्तले कानुनी बाटो रोज्न सल्लाह दिएपछि उनी अदालत जाने तयारी गरेकी छिन् । उनीसँग काठमाडौं मुलपानीका कृषक समुहपनि सहभागि हुने भएका छन् । केसीलाई न्याय दिलाउन १० जना भन्दा बढि प्रभावशाली कानुन ब्यवसायीले बहस गर्ने मन्जुरी नामा दिएका छन् । दुई पूर्वमहान्यायाधिबक्तासहित ४ बरिष्ठ कानुन ब्यवसायी बृद्धा केसीलाई न्याय दिलाउन अदालत पुग्ने भएका छन् ।

मन्त्री पराजुलीले केसीमाथी अश्लिल हर्कत गरेको प्रमाणित भए उनलाई कैद र जरिवाना दुवै हुन सक्छ । अश्लिल हर्कत प्रमाणित नभए एमाले दुई नेत्रीलाई सबैभन्दा ठुलो क्षति हुनेछ । अदालतबाट कसुरदार ठहर भए उनीहरु भविश्यमा मन्त्री वा सार्वजनिक पद धारण गर्न अयोग्य हुनेछन् । अश्लिल हर्कत प्रमाणित गर्न नसके मिडिया हाउस पनि कालो सुचिमा पर्न सक्छन् । Source: Yes Kathmandu


Advertisement



प्रतिक्रिया दिनुहोस्...