Bichitra Sansar
»
पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने ...
पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने ...
लामै खडेरी पर्यो भने नेपालमा पूजापाठ गरेर तथा बोका बलि दिएर पानीका लागि भगवान् पुकार्ने चलन छ । तर, मेक्सिकोमा भने पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने प्रचलन छ ।
मेक्सिकोको गुरेरो क्षेत्रमा पानी पार्नका लागि महिलालाई लडाइँमा उतार्ने र उनीहरूको शरीरबाट निस्किएको रगत जम्मा गरी खेतमा पोख्ने अनौठो तरिका अपनाइन्छ । हरेक वर्ष महिलालाई एक–आपसमा लडाएर टाउको र नाक फुटाफुट गराइन्छ । उपस्थितहरू लडाइँमा रमाउँछन् । महिलाको शरीरबाट निस्किएको रगत जम्मा गरी खेतभर पोख्ने गरिन्छ । गुरेरोमा यो अनौठो तरिका एक पर्वकै रूपमा विकास भएको छ । यो पर्वका दिन लडाइँमा उत्रिने गुरेरोका महिला बिहानै उठ्छन् । अन्य दिनको भन्दा अधिक मात्रामा खाना खान्छन् । कुखुराको मासु, भात, उसिनेको अन्डालगायतका परिकार त्यस दिनको खानामा तयार पारिएको हुन्छ । महिलालाई स्वागत गर्दै लडाइँ गरिने मैदान फूलले सजाइएको हुन्छ । उपस्थितहरूले वर्षाका लागि भगवान्को प्रार्थना गर्छन् । र, महिलाहरूबीच लडाइँ सुरु हुन्छ । महिलाहरूको लडाइँ हेर्न मैदानमा ठूलो भीडको घेरा लागेको हुन्छ । बढी उमेरका महिलाहरू नौजवान युवतीहरूलाई लडाइँमा हौस्याइरहेका हुन्छन् । source:nayapatrica
प्रतिक्रिया दिनुहोस्...