टुटेको छैन निशा र शरदको प्रेम ?
Advertisement

नायिका निशा अधिकारी अमेरिकातर्फ लाग्ने वित्तिकै नेपाली मिडियामा उनी र क्रिकेटर शरद भेष्वाकरको प्रेम टुटेका खबर सार्वजनिक भए । निशा र शरद अलग बाटोमा लागेकाले खबर फैलिएसँगै यसले केही दिन गसिप बजारमा चर्चा पायो ।

तर, अमेरिका पुगे लगतै नायिका निशा अधिकारीले यस्तो समाचारलाइ ब्यङग्यात्मक शैलीमा खण्डन गरिन् । निशाले खण्डन गरेसँगै उनी र शरदको प्रेम नछुटेको वुझ्न त्यती गाह्रो पर्दैनथ्यो ।
तर, नायिका अधिकारीले आफूले शरदसँग बिहे गर्ने बताएपनि चर्चित क्रिकेटरले भने यसको जवाफ दिएका छैनन् । सायद, यसैले पनि निशा र शरदको प्रेम सम्बन्ध के हो भन्नेहरुका लागि कौतुहलताको बिषय बन्ने गरेको छ ।
तर, निशा र शरदको प्रेम टुटेको खबरले चर्चा पाएपछि शरदले पनि निशाकै शैलीमा मुख खोले । उनले पनि निशासँग प्रेम छुटेको कुरालाई घुमाउरो शैलीमा अस्विकार गरेका छन् । शरदले निशासँग फेसबुक मार्फत पहिलो पटक प्रेमका बिषयमा कुरा खोलेका हुन् ।
अमेरिका पुगेर नायिका अधिकारीले आफ्नो लामो कपाल काटेर छोटो बनाएकी छिन् । उनी केही महिनामै नेपाल फर्किने बताइन्छ । बलिउडमा क्रिकेटर विराट कोहली र नायिका अनुष्का शर्माको प्रेमको चर्चा भएजस्तै नेपालमा निशा र शरदको प्रेमको चर्चा भैरहेको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...