फेरी आज बिहीबार बिहान भूकम्पको धक्का
Advertisement
काठमाडौँ, ३ असार - धादिङलाई केन्द्र बिन्दु बनाएर बिहीबार बिहान ४.१ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको छ।
बिहान ८ बजेर २४ मीनेटमा धादिङको बोरङलाई केन्द्र बनाएर ४.१ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। बुधबार भने भूकम्पका चार पराकम्पन गएका थिए। सिन्धुपाल्चोकलाई केन्द्र विन्दु बनाएर बिहान ८ बजे ५.१ रेक्टरको पराकम्पन गएको थियो भने बिहान ५ बजेर ५८ मीनेट जाँदा काठमाडौंको कीर्तिपुरलाई केन्द्र विन्दु बनाएर ४.४ रेक्टरको पराकम्पन गएको थियो। त्यस्तै ६ बजेर १४ मीनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्र बनाएर ५.२ रेक्टरको तथा सिन्धुपाल्चोकलाई नै केन्द्र बनाएर ६ बजेर २६ मीनेटमा ४ रेक्टरको पराकम्पन गएको केन्द्रले जनाएको छ।
यसअघि मंगलबार राति नौ बजेर ५६ मीनेटमा दोलखालाई केन्द्र विन्दु बनाएर ४.१ रेक्टरको पराकम्पन गएको थियो। गत वैशाख १२ गते गएको भूकम्पपछि त्यसका पराकम्पन आउनेक्रम जारी छ। त्यस्ता पराकम्पन आइराख्ने भएकाले नडराउन तर सचेत रहन विज्ञको सुझाव छ।
Advertisement