शिव मन्दिरमा अचम्मको नाग: हेर्नेको भिड
Advertisement

सलिम अन्सारी ,भालुवाङ्ग । भालुवाङ्ग प्यूठान रोल्पा सडक खण्डको लालमटिया—३ बगासोतीमा रहेको बगासोती अर्थात शिव मन्दिरमा केही दिन पहिले फेला परेको नाग हेर्न आउनेको भिड बढ्न थालेको छ ।


गत फागुन ५ गते शिवरात्रीका दिन एकाएक करिब बिहान ८ बजे मन्दिर छेउमा नाग फेला परेको थियो । उक्त नागलाई मन्दिरका पुजारीले पहिले त डराएर लठ्ठी कोट्याउनु भयो तर सर्प टसमस पनि नगरे पछि उक्त सर्पलाई पुजारीले शिवको मन्दिरमा ल्याए राखेका थिए ।

करिब १ मिटर लामो र कालो खैरो रङ्गको रहेको उक्त सर्प अहिले सम्म पनि मन्दिरमा नै बसी रहेको देख्दा सर्प हेर्न जाने जो कोही पनि आस्चर्य हुने गरेका छन् । सर्पलाई सबैले नजिकैबाट पुजा आजा गर्दा र छुदा समेत कसैलाई पनि नडस्ने र दुध खाई मन्दिरमै बसी रहेको देख्न सकिन्छ ।

नागले साँझा र बिहान गाईको दुध पिउने र मन्दिरमै बसी रहेको मन्दिरका पुजारी आनाराम पण्डितले जानकारी दिनु भयो । मैले यो मन्दिरको पुजारी भएको आज करिब १५-२० बर्ष भयो उमेरले पनि म ७० बर्षको भई सके तर यस्तो अच्चमको नाग देखेको थिएन पण्डितले भन्नु भयो ।

मान्छेलाई देखेर र मान्छेले छुदा समेत केही नगर्ने र दिन रात मन्दिरमै बसी रहने यस्तो अच्चमको सर्प मेरो जीवनमा पहिलो पटक देखे पक्कै पनि यो कुनै देवी देवताको अवतार होला उहाँले भन्नु भयो । मैले सपनाहरुमा त नागको दर्शन पाउथेँ तर आज साक्षात रुपमै नागदेवताको दर्शन पाए अब त मज्जाले स्वर्ग जान पाउने भए उहाँ हर्षित मुद्रामा भन्नु भयो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...