आइतबार भूकम्प प्रभावित जिल्लामा टेलिकमको सेवा बन्द
Advertisement
काठमाडौं । नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाहरुमा भत्कीएका र बिग्रीएका संरचनाहरुको सुधार र मर्मतकालागि केहीबेर सेवा अबरुद्ध हुने जनाएको छ ।
सिन्धुपाल्चोक, रामेछाप, दोलखा र काभ्रेका विभिन्न स्थानमा मर्मत गर्नुपर्ने भएकाले केहीबेर सेवा अबरुद्ध हुने बताएको हो ।
धुलिखेलस्थित रिपीटर टावर मर्मत गर्नुपर्दा सेवा केहीबेर रोकीने टेलिकमले जनाएको छ ।
बैशाख १२ को भूकम्प पछि टावरमा समस्या आएकाले ति क्षेत्रको सेवा प्रभावकारी बन्न सकेको थिएन ।

Advertisement


