-मुटुरोगको शंका लागे के-के टेष्ट गर्ने..? जानी राखौ..
Advertisement

मानवशरीरका अङ्गहरुमध्ये मुटु जटिल पा्रकृतिक अङ्ग हो। यो हरपल चलिरहन्छ। छाती भित्र धड्किरहने यो सानो अङ्गले शिरदेखि पैतालासम्म प्रभाव पारिराखेको हुन्छ । विभिन्न शारीरिक लक्षणहरुका आधारमा मुटुरोग लाग्यो कि भनी शंका गर्न सकिने वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी बताउँछन् । आफुले शंका गरिएको रोगहरुलाई पक्का गर्न अर्थात् हो या होइन भन्ने छुट्याउन विभिन्न परीक्षणहरु गरिन्छ।

  डा. रेग्मीका अनुसार मुटुका महत्वपुर्ण परीक्षण यसप्रकार छ -


१. छातीको एक्स रे - यो अत्यन्त साधरण परीक्षण हो। छातीको एक्स रेबाट फोक्सो, मुटु र छातीका करङहरुको स्थिति बुझ्न सकिन्छ। मुटुको बाहिरी आकार, मुटु सुन्निएको, मुटु आफुनो ठाउँबाट अर्कैतिर विस्थापित भएको जानकारीहरु छातीको एक्स रेबाट थाहा हुन्छ। तर गर्भवती महिलाले गर्भ रहेको तीन महिनासम्म एक्स रे गर्नहुँदैन।

२. इलेक्ट्रोकाडिर्योग्राफी (इसीजी) -  यो एउटा यस्तो टेष्ट हो जसबाट मुटुको हृदयघात भए नभएको पता लगाउन सकिन्छ। साथै यो टेष्टबाट मुटुको धेरै प्रकारका रोगहरुको जस्तै मुटुको धड्कनको स्थिति, रक्तसञ्चारको स्थिति, मुटुको मांशपेसीका आकार लगायतका रोगहरुको अवस्था पता लगाउन सकिन्छ। मुटुको परीक्षण मध्ये यो सबैभन्दा महत्वपूर्ण र जानकारीमूलक परिक्षण वा टेष्ट हो।

. इकोकार्डियोग्राफी (इको)  - यो टेष्ट एक किसिमको मुटुको भिडियो एक्स रे हो। यो टेष्टबाट मुटुको वनावट, मुटुका भल्भहरुको अवस्था, मांसपेशीहरुको स्थिति, मुटु खुम्चिने र फुक्ने ठीक तवरले भए नभएको लगायतका रोगहरुको अवस्था पता लगाउन सकिन्छ। साथै यो परिक्षणद्धारा जन्मजात मुटुका रोगहरु, बाथ– मुटुको रोग, मुटुका मांसपेशीहरुको रोग, मुटुको ट्युमर लगायतका धेरै प्रकारका रोगहरु पक्का गर्नसकिन्छ।

४ः टी.एम.टी (ट्रेडमिल टेस्ट) - यो परीक्षणबाट मुटुका रक्तनलीहरुमा कोलेस्टेरोल जमेर साँगरिएको अवस्थाबारेमा जानकारी प्राप्त हुन्छ। हृदयघात सम्बन्धी रोग पत्ता लगाउन यो अत्यन्तै महत्वपूर्ण परीक्षण हो।

५. होल्टर (एम्बुलेटरी ईसीजी) - यो परीक्षणबाट २४ घण्टाको समयमा कुन बेला मुटुको धड्कन कस्तो थियो, मुटु ढिलो वा छिटो चलेको थियो, हार्ट ब्लक थियो वा थिएन, चक्कर लागेको समयमा मसटसको चाल कस्तो थियो आदी विविध जानकारीहरु पत्ता लगाउन सकिन्छ।

६. ए.बी.पी (एम्बुलेटरी ब्लड प्रसर नाप्ने)  - यो परीक्षणमा एबीपी नामक मेसिनको मद्दतबाट चौबीसै घण्टा एक एक घण्टाको फरक फरकमा नापेर मेसिनमा रेकर्ड गरिन्छ। २४ घण्टा पछि मेसिन शरीरबाट झिकिन्छ र कम्प्यूटरमा रेकर्ड गरिन्छ। यो यो परीक्षणबाट रक्तचाप घटाउने ओषधी खाने वा नखाने, साथै औषधीको मात्रा र खाने समय मिलाउने आदीको जानकारीहरु पत्ता लगाउन सकिन्छ।

७. कोरोनरी एन्जियोग्राफी (सीएजी) -  यो मुटुको रक्तनलीहरुको परीक्षण गर्ने प्रविधी हो। यो परीक्षण क्याथल्याबभित्र गरिन्छ। यो परीक्षणबाट मुटुका रक्तनलीहरुको अवस्था कस्तो छ, कहाँ, कति साँगुरिएको छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ।

८. स्ट्रेस इको - यो परीक्षयाबाट मुटुमा चाप उत्पन हुदाँ मुटुका मांसपेशीहरुमा आउने परिवर्तनबारे अध्यन गरिन्छ र मुटुका रक्तनलीहरुमा भएको साँगुरोपन तथा रक्तसञ्चारको स्थितिबारे महत्वपुर्ण जानकारी प्राप्त हुन्छ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...