-लामखुट्टे भगाउने उपाय.. जानी राखौ
Advertisement

गर्मी बढेसँगै लामखुट्टे पनि बढेको छ। लामखुट्टेको टोकाईले निरन्तर चिलाउने समस्या मात्र होइन यसले मलेरिया, इन्सेफलाइटिस र डेंगु जस्ता महामारी रोगहरु फैलाउने चिकित्सकहरुले बताएका छन् ।


चिकित्सकहरुका अनुसार रातमा  लामखुट्टेको देख्ने क्षमतामा अत्याधिक वृद्धि हुन्छ । अझ भूकम्पका त्रासले चौर, सडक छेउ तथा घरको बरन्डामा सुत्नेहरुलाई लामखुट्टेले हैरानै पारेको छ ।
लामखुट्टेबाट बच्ने धेरै उपायहरु छन्। अहिले बजारमा लामखुट्टे भगाउनका लागि बिभिन्न ब्राण्डका औषधिहरु उपलब्ध छन् ।

धुप, लिक्विड तथा स्प्रे बढी मात्रामा प्रचलित रहेका छन्। ती मध्ये मोर्टिन, गुटनाइट, अलआउट, लामखुट्टेले नटोकोस भनेर शरिरमा लगाउने क्रिम बढी मात्रामा प्रयोगमा आएका छन् । यी बाहेक पनि अन्य थुप्रै ब्राण्डहरु बजारमा उपलब्ध रहेका छन्। कति त नक्कली भएर हैरान भएका छन् । लामखुट्टे भगाउन अरु उपायहरु पनि अपनाउने सकिन्छ।

झुल लगाउने, हलुका रंगका पुरा बाहुला भएका कपडाहरु लगाउने, साँझमा झ्याल ढोका लगाउने भनेको थाहा भएको कुराहरु हुन् । यो बाहेक लामखुट्टेको टोकाईबाट बच्न शरिरमा भटामास, लेमन ग्रास, ल्याभेण्डर, नीम आदिको तेल लगाउनाले र लसुनको खानाले पनि सहयोग पुर्‍याउँछ ।

लामखुट्टेको टोकाइबाट बच्न लागि-:


–सामान्यतया लामखुट्टे पानी जम्ने खाल्डाखुल्डी भए बढी मात्रामा फैलिन्छ। यस्तोमा लामखुट्टेले अण्डा पर्ने र बच्चा हुर्काउने भएका कारण यस्ता खाल्डाखुल्डीहरु पुर्नुपर्छ।

– सयपत्री, तुलसी, पुदिना, लेमन ग्रास, लसुन, ब्रम्हबुटी आदी प्राकृतिक रुपमा लामखुट्टे भगाउने विरुवाहरु हुन् । यसमा भएको वासनाले लामखुट्टे भाग्ने हुनाले घरको छेउछाउ वा गमला मै भएपनि यस्ता विरुवाहरु रोप्नु राम्रो हुन्छ।

– त्यस्तै लामखुट्टे फोहोरमा बढी फैलने हुँदा सकेसम्म आफ्नो घरआँगन सफा राख्ने। त्यस्तै कुनाकाप्चा तथा र अँध्यारो ठाउँमा लामखुट्टे बस्ने हुनाले यस्तो ठाउँ सफा र खुला राख्नु पर्छ। Source: Kinmel..



Advertisement



प्रतिक्रिया दिनुहोस्...