नायिकाहरु अमेरिका भागाभाग : आखिर किन ?
Advertisement

हुनत, नेपाली चलचित्र र अमेरिकाको सम्बन्ध नयाँ होइन । चलचित्रमा काम गर्नेहरुको सपनाको देश बन्ने गरेको छ अमेरिका । चलचित्र क्षेत्र भन्दा बाहिरका मानिसहरु पनि अमेरिकालाई सपनाकै देश मानछन् । यसैले पनि अमेरिका जाने भनेपछि नेपाली कलाकार मरिहत्ते गर्छन् ।

विश्वका विभिन्न देशमा पुग्दा उनीहरुको चर्चा जती हुन्छ त्यसको कैयौं ज्यादा चर्चा अमेरिका पुग्दा हुन्छ । फेरि, अमेरिका जानका लागि भित्री रुपमा कलाकार लागिरहेका छन् नै ।
अमेरिका पुगेर उत्तै बस्नेहरु त एकातिर छन् नै कैयौ कलाकार अमेरिका पुग्नु पनि ठूलो ठान्छन् । झन्, अहिले त भुकम्प पीडितका लागि भन्दै विभिन्न कार्यक्रममा भाग लिन अमेरिका पुग्नेहरुको संख्या कम छैन ।
नायक जीवन लुइटेल अमेरिका पुगेर ३ महिना बस्दा खुबै चर्चा भयो । उनले ग्रिनकार्डको प्रोसेस पनि चालिसकेका छन् । नायक निरज बराल त्यसकै तयारीमा छन् । राजवल्लभ कोइराला त अमेरिका मै रमाउन थालिसकेका छन् । धेरै नायिकाहरु पनि अमेरिका पुगिसकेका छन् ।
नायिका अरुणिमा लम्साल केही हप्ता अगाडि गि्रनकार्ड पाएर अमेरिका उडिन् । परिवारसहित अमेरिका पुगेकी अरुणिमा अब र्फकने संभावना सायद नहोला । ऋचा घिमिरे र उनको परिवार पनि अमेरिकामा नै छन् । नायिका उषा पौडेल पनि भारतीय केही सिरियलमा देखिएर अमेरिका पुगिन् । यूना उप्रेतीले कार्यक्रमको सिलसिलामा अमेरिका पुगेर उत्तै बिहे गरेर घरजम गरिन् ।
अहिले फेरि कलाकारहरु अमेरिका जाने लहर सुरु भएको छ । सरोज खनाल अमेरिकाबाट बिदा हुँदै नेपाल र्फकदा विभिन्न कलाकार अमेरिका जाने लहर सुरु भएको हो । नायिका रेखा थापा अमेरिका पुगेको महिना दिन भन्दा बढी भयो । रामेछापका भुकम्प पीडितका लागि घर बनाउन त्यता गएकी रेखा केही समयपछि नेपाल आउँनेछिन् । उनले नेपाल आउँदा डाक्टर र औषधी लिएर आउने बताएकी छिन् ।
सुटुक्क अमेरिका जाने नायिकाहरुको सूचीमा निशा अधिकारी पनि पर्छिन् । निशा पनि केही दिन अगाडि अमेरिका उडिन् । उनी पनि त्यतै बसोबास गर्ने उद्देश्यले अमेरिका गएको चर्चा चलेको छ । हुनत, अहिले कलाकारहरु अमेरिका पुगेर गि्रनकार्ड एप्लाई गरेर फर्कने गरेका छन् ।
अमेरिका जाने सूचीमा नन्दिता केसी पनि पर्छिन् । भुकम्प पीडितहरुको सहयोगका लागि भन्दै नन्दिता अमेरिका जान लागेकी हुन् । दोश्रो पटकको प्रयासमा भिसा पाएकी नन्दिता त्यता २ महिना बस्ने बताइन्छ । कार्यक्रमकै सिलसिलामा अमेरिका जान नायिका केकी अधिकारी पनि लागेकी छिन् । उनी अगष्ट महिनामा अमेरिकामा हुने कार्यक्रमका लागि त्यता जाने तयारीमा लागेको वुझिएको छ । हुनत, हातमा भिसा नआएसम्म अमेरिका जाने टुङ्गो हुँदैन ।
भित्री रुपमा केही कलाकारले अमेरिका जानका लागि तयारी थालेको वुझिएको छ । केही समय अगाडि नायिका सुमिना घिमिरे र नायक आर्यन सिग्देललाई अमेरिकाले भिसा दिएको थिएन । भुकम्पपछि विभिन्न कार्यक्रम आयोजना हुन थालेकाले अहिले अमेरिकाको फेरि नेपाली चलचित्र क्षेत्रमा चर्चा सुरु भएको छ ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...