.आमाको रिसले २ वर्षीया नाबालिकाको हत्या
Advertisement

आमासँगको रिसमा एक १५ वर्षीया किशोरीले दुर्इ वर्षीया नाबालिकाको घाँटी थिचेर हत्या गरेकी छन् ।


भारतको राजधानीस्थित पूर्वी दिल्लीको कल्याणपुरीमा एक २ वर्षीया नाबालिकाको हत्यामा १५ वर्षीया किशोरी संलग्न रहेको तथ्य खुलेपछि प्रहरीले चकित भएको छ ।

ती किशोरीले नाबालिकाको अपहरण गरेपछि हत्या गरेकी थिइन् । उनले यो घटना गराउँदा चलाख अपराधीकै शैली अपनाएकी प्रहरी अनुसन्धानले देखाएको छ ।

हत्या गरिएकी नाबालिका १० जुनमा आफ्नो घरबाहिर खेलिरहेकी थिइन् । खेलिरहेकी नाबालिकालार्इ किशोरीले अपहरण गरेर लगेपछि घाँटि थिचेर ज्यान लिएकी थिइन् ।

हत्यामा संलग्न रहेकी किशोरी ११ कक्षाकी विद्यार्थी हुन् । नाबालिकाको हत्या गरेपछि उनको शव प्लाष्टिकको ब्यागमा पोको पारेर दिनभर घरैमा राखी साँझ भएपछि पोखरीमा फ्याकिदिएकी खुलेको छ ।

पोलिथिन प्लास्टिकको ब्यागमा पोको पारिएको नाबालिकाको शव पोखरीमा फ्याकिदिएपछि उनी घरै फर्केकी थिइन् । उनी एक्लैले गरेको यो घटनाबारे परिवार र साथीहरुलार्इ समेत नबनाएको खुलेको छ ।

यो हत्या नाबालिकाकी आमासँग बदला लिन गरेको खुलेको छ । प्रहरीका अनुसार नाबालिकाकी आमा मिनाले ती किशोरीलार्इ एक छिमेकीको घरमा गुपचुप छिरेको देखेर ती छिमेकीलार्इ बताइदिएकी थिइन् ।

ती छिमेकीले उनलार्इ पटक पटक गाली बर्साएपछि त्यहीकारण उनले नाबालिकाको हत्या गरेको पत्ता लागेको छ । मिनाबाट भएको बेइज्जतीको बदला लिन उनले ती नाबालिकाको हत्या गरेको स्वीकारेकी छन् ।

घटनाको अनुसन्धान पुरा गरेपछि प्रहरीले उनलार्इ जुवेनाइल न्यायालयमा पेश गरेको थियो । जहाँबाट उनलार्इ सुधार गृहमा राख्ने आदेश मिल्यो । source annapurnapost

Advertisement



प्रतिक्रिया दिनुहोस्...