‘म मर्न होइन, गर्न आएको हुँ’ : सरोज खनाल
Advertisement

१७ बर्ष अमेरिका बसेर नायक सरोज खनाल सधैका लागि भन्दै नेपाल फर्किए । उनी नेपाल फर्किएपछि विभिन्न खालका चर्चा सुरु भएका छन् । सरोज खनालले आफ्नो जवानी विदेशमा बिताएर बुढेसकाल काट्न नेपाललाई रोजेको चर्चा पनि भैरहेको छ ।

आफ्ना सन्तानलाई अमेरिकामा नै स्थापित गरेर सरोज नेपाल आउँदा बालुवाटारमा घर पनि बनाइसकेका छन् । नेपाली चलचित्र क्षेत्रलाई उनको आवश्यकता पर्दा उनी अमेरिकामा रहेको तर अहिले सेलिब्रेटी जीवन जिउनका लागि नेपाल आएको भन्दै आलोचना पनि भएका छन्, सामाजिक संजालमा ।
हुनत, एउटा कलाकार भएकै नाताले उनी नेपाल र्फकदा यस्ता खालका चर्चा हुनु स्वभाविक नै हो । तर, नायक सरोज खनाल भने आफू मर्न नभई केही गर्न नेपाल आएको बताउँछन् । मिडियासँगको कुराकानीमा सरोजले आफू बुढेसकाल बिताउन नेपाल नआएको र केही गर्नको लागि आफ्नै धर्तीमा टेकेको दाबी गरे ।
उनले नेपाली चलचित्र हेर्न छाडेका दर्शकलाई हलसम्म तान्नका लागि आफू नेपाल आएको र त्यो काम गरेरै छाड्ने बताए । आफूलाई बुढेसकाल बिताउन नेपाल आएको भन्नेहरुको मुख थुन्नका लागि आफूले काम गरेर देखाउने सरोजले चुनौती दिएका छन् ।
आफूलाई आफ्ना सन्तान र परिवारको भविष्यको पनि चिन्ता हुनु स्वभाविक भएको उनको भनाई छ । हुनत, सरोज खनाल मात्र नभई नेपाली चलचित्रमा लागेका थुप्रै कलाकार केही समय कलाकारिता गरेर अमेरिका वा अरु कुनै विकसित मुलुकमा हराउने गरेका छन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...