-राष्ट्रपति, प्रधानमन्त्री र प्रमुख प्रतिपक्ष दलका नेताको तलव कति ? जानी राखौ..
Advertisement

सरकारले राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरुको तलव भक्ता निर्धारण गर्ने गर्दछ । सो अर्थ मन्त्रालयले बजेट निकासा गरेको हुन्छ । राष्ट्रपति, उपराष्ट्रपति लगायत प्रधानमन्त्रीको तलवभक्तासहित प्रमुख प्रतिपक्ष दलका  प्रमुख नेताको पनि मासिक सेवासुविधा निर्धारण गरिएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार उच्चपदस्थ अधिकारीको निर्धारण गरिएको मासिक तलव:-

राष्ट्रपति १ लाख ९ हजार ४ सय १०

उपराष्ट्रपति ७८ हजार  ५ सय ६०

प्रधानमन्त्री ५६ हजार २००

प्रधानन्यायाधीश ५३ हजार ८ सय ८०

सभामुख ४८ हजार ९ सय ५०

सर्वोच्च अदालतका न्यायाधीश ४४ हजार ३ सय ३० 

मन्त्री ४४ हजार ३ सय ३०

उपसभामुख ४४ हजार ३००

प्रतिपक्ष दलका  प्रमुख नेता  ४४ हजार ३००

प्रमुख सचेतक ४४हजार ३००

सभासद ४० हजार १ सय ६०

मुख्य सचिव ३९ हजार ७ सय

सचिव ३७ हजार ३  सय ९०

सहसचिव ३१ हजार ७ सय ३०

उपसचिव २७ हजार ६  सय १०

पियन १२ हजार १ सय २०

तलवमा अावास, गाडी, टेलिफाेन लगायतका अन्य भत्ताहरु पनि थपिने हुदाँ निर्धारण गरिएको भन्दा बढी रकम उनीहरुले असुल्ने गरेको अर्थमन्त्रालय स्रोतले जनायो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...