.चाणक्य भन्छन्–‘कचकच गर्ने र तपाईलाई नबुझ्ने श्रीमतीलाई छाड्दिए राम्रो’
Advertisement
मेनखबर, | श्रीमान श्रीमतीको सम्बन्ध सात जुनीको लागि बलियो गरि बाँधिएको हुन्छ भन्ने हाम्रो मान्यता हुन्छ । तैपनि कतिपय सम्बन्धहरु जीवनयात्राको क्रममा तोडिएको हामीले देख्छौँ । र, यसो गर्नु राम्रो होईन यो हाम्रो समाजको मान्यता हो ।
आचार्य चाणक्यले पारिवारीक सम्बन्ध र श्रीमान श्रीमतीको आपसी सम्बन्धको बारेमा निकै गहकिला कुराहरु गरेका छन् । चाणक्यले भनेका छन् की, श्रीमती भनेको मृदु स्वभावको हुनुपर्छ । अनि मात्रै पारिवारीक जीवन सुखमय हुन्छ ।
उनले श्रीमानहरुलाई एउटा विवादास्पद सुझाव पनि दिएका छन् । सुझाव यस्तो छ की,‘यदि श्रीमतीले हर समय रिस देखाउँछ । अथवा, भनौ जहिले अशान्ति मन लिएर बस्छ अनि श्रीमानलाई पिरोल्छ भने त्यस्ता श्रीमतीलाई छाडिहाल्नुपर्छ ।’ चाणक्यले यो पनि भनेका छन् की, तपाईले श्रीमतीको सुन्दरतालाई नहेर्नुस् तर उसको चालढाल र बानीव्यहोरालाई हेर्नुस् । श्रीमती तपाईलाई नबुझ्ने खालको र जहिले कचकच गर्ने खालको छ भने तपाईलाई जिन्दगी चलाउन निकै मुश्किल हुनेछ ।
Advertisement