ललितपुर गोदावरीका हरिहर आचार्य बाहिर तान्त्रिक भित्र यौनदुराचारी !
Advertisement

१६ वर्षीय किशोरीमाथि यौनदुराचार गरेको आरोपमा प्रहरीले ललितपुर गोदावरीका हरिहर आचार्यलाई पक्राउ गरेको छ ।

आफूलाई ज्योतिषी एवं तान्त्रिक विद्या जानेको बताउने आचार्यले नक्साल भाटभटेनीजजिकै कोठा भाडामा लिएर बसेका थिए ।
विभिन्न चलचित्र व्यवसायीसमेत आचार्यको कोठामा फिल्मको नाम जुराउनेदेखि कहिले हलमा लगाउने सम्म हेराउन पुग्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले आचार्यलाई सोमबार पक्राउ गरेको हो । पीडित १६ वर्षीय किशोरीलाई कोठामा बन्धक बनाएर आचार्यले अप्राकृतिक यौनसम्पर्क गर्दै आएको प्रमाण प्रहरीले फेला पारेको छ । अन्न्पूर्णपोस्ट् दैनिकबाट

Advertisement



प्रतिक्रिया दिनुहोस्...