-प्रचण्ड र मोहन वैद्यको तछाडमछाड.. हेर्नुहोस..
Advertisement
काभ्रे : नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले १६ बुँदे सहमति गरेर एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले क्रान्तिलाई धोका दिएको आरोप लगाएका छन्।
उनले अब एमाओवादीसँग एकता नहुने बताउँदै भने, ‘नेपाली जनताले उपलब्ध गरेका क्रान्तिमा एकिकृत नेकपा माओवादीले तुसारापात गरेकाले, अव एकिकृत नेकपा माओवादी संग भएको एकताको सम्भावना टुटीसकेको छ ।’
वैद्यल दोस्रो संविधान सभाले जनताको हक अधिकार दिन नसक्ने हुनाले त्यहाँबाट राम्रो संविधान आउन नसक्ने बताए।बैठकमा बनेपा आएका बैद्यले भुकम्पले आपतकालीन अवस्थामा पनि छिमेकी देश चीन र भारतले नेपालको विना अनुमती नाका सञ्चालन गर्न लागेको बताउँदै यस्तो हस्तक्षेपको प्रतिकारमा उत्रनुपर्ने बताए ।
उनले सरकारले भूकम्प प्रभावितको पुनस्र्थापना राहत तथा पुनर्निर्माणका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको बताउँदै यस्तो सरकारको कनै औचित्य नहरेकोब बताए । Source: Annapurna Post
Advertisement