.विमानमा दिएको खानामा माउसुली भेटिएपछि…..
Advertisement
, ३० जेठ ।खाना स्वास्थ्यका लागि निकै महत्वपूर्ण र संवेदनशील मानिन्छ । तर, यही खानामा विशालु तथा स्वास्थ्यका लागि हानिकार तत्व मिसिँदा ज्यानै जाने सम्भावना पनि उत्तिकै हुन्छ । यसर्थ खानाका विषयमा सबै सचेत हुँदै सावधानी अपनाउनु पर्ने विश्व मान्यता रहेको छ ।
बिहीबार दिउँसो १ बजे दिल्लीबाट लण्डनका लागि उडेको एयर इन्डियाको जहाजका यात्रुलाई दिइएको खानामा माउसुली भेट्टिएपछि सो एयरलाइन्समा हंगामा भएको थियो । विमान उडेपछि परिचारिकाले यात्रुलाई बाँडेको खानामा माउसुली भेटिएको बताइएको छ । खानामा माउसुली देखिएपछि यात्रुले गरेको गुनासो राखेपछि एयर इन्डियाले यो घटनाको छानविन थालेको जनाएको छ ।source naulo-khabar
Advertisement