११ सय जना एकै ठाउँ मृत्यु हुने गरी भत्किएको सपिङ् कम्प्लेक्सको भग्नाबशेष
Advertisement
सोमबार 18 जेष्ठ, 2072
काठमाडौं, जेष्ठ १८ । बंगलादेशमा ११ सय जनाको मृत्यु हुने गरी भत्किएको राना प्लाजा कम्प्लेक्सका मालिक रोहेल रानालाई हत्या सम्बन्धी मुद्दा लगाइएको छ ।
उनीहरुले उक्त औद्योगिक भवन भत्कनु एक दिनअघि त्यहाँ काम नलगाउन गरिएको चेतावनीलाई वेवास्ता गरेको बताइएको छ ।
सन् २०१३ मा भएको उक्त घटना बंगलादेशको औद्योगिक विपत्ति कै सबैभन्दा ठूलो मानिन्छ ।

Advertisement



