८ वर्षको उमेरमै ८ करोडका मालिक, कसरी कमाए यत्रो सम्पत्ति ?
Advertisement

२०७२ जेठ १८ गते
काठमाडौं, १८ जेठ । ८ वर्षको उमेर भनेको बच्चाको हास्ने-खेल्ने उमेर हो । तर यहाँ ८ वर्षकै उमेरमा इवान नामका एक बालकले करोडौं रुपैयाँ कमाएका छन् ।

इवानले यूट्यूबबाट एक वर्षको अवधिमा करिब ८ करोड रुपैयाँ कमाएका हुन् । इवान उनी हुन् , जो इवान ट्यूब एचडी चलाउछन् । यो एउटा यूट्यूब च्यानल हो । जसमा इवानले खेलौना र भिडियो गेमहरु प्रदर्शन गर्ने गर्छन् ।

इवानले यूट्यूबमा खेलौनाको प्रदर्शनबाट एकै वर्षमा १३ लाख डलर (८ करोड़ रुपैयाँ) कमाएका हुन् । यो काम इवान र उनका पिताले सन्तुष्टिका लागि सुरु गरेका थिए ।
न्यूजवीकमा छापिएको इण्टरभ्यूमा इवानका पिता जेरडले बताएअनुसार यूट्यूबको यो च्यानलबाट हुने सबै कमाई उनको छोरा इवानको सेभिङ (बचत) खाता र इन्भेस्टमेण्टमा जम्मा हुन्छ ।

जेरडले बताएअनुसार उनीसँग एउटा सेल्स टीम छ, जो विज्ञापन र ब्राण्ड्स बिजनेसको साथै डीलको काम गर्छ । उनी भन्छन्, विज्ञापनमा भिडियोलाई सँगै देखाउने र भिडियोमा देखिने प्रोडक्टलाई पनि देखाईन्छ ।
उनले कमाउने स्रोत भिडियोसँगै देखाउने विज्ञापन हो । जेरडले भने, हाम्रो नेटवर्क भन्दा बाहिरी साइटमा पनि यूट्यूब र गूगल विज्ञापन आउँछ । कन्टेन्ट दिनेलाई भिडियोसँगै विज्ञापन पनि दिईन्छ । जसका कारण कमाउने स्रोत बन्छ । इवानको एक भिडियो मात्रै अहिलेसम्म ५ करोड पटक हेरिएको छ । एजेन्सी
स्रोत - दैनिक नेपाल

Advertisement



प्रतिक्रिया दिनुहोस्...