२९ बर्षमा नम्रता, भनिन्-‘बिहेलाई उमेरले छेक्दैन, तत्काल गर्दिन’
Advertisement
२०७२ जेठ ३१ गते
जब उमेर प्रत्येक बर्ष बढ्दै जान्छ, चर्चित कलाकारहरुको बिहेको चर्चा पनि सधै हुन्छ । आजबाट २९ बर्षमा प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठमाथि पनि यस्तै खालका प्रश्न सोझिने गरेका छन् । नेपाली मितिमा असार १ मा जन्मिएपनि नम्रताले अंग्रेजी मितिमा जन्मदिन मनाउँछिन् । जुन १४ मा जन्मदिन परेकाले नम्रता परिवारसँग बर्थ डे मनाउने तयारीमा छिन् । अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्-‘खासै योजना त बनाएको छैन । तर, साथीहरुसँग भेटघाट गर्छु होला ।’
अनलाइनखबरसँग टेलिफोनमा कुरा गर्दै नम्रताले भनिन्-‘म अझै पनि सिक्दैछु । तर, कथावस्तु मन परेको खण्डमा र उचित लागेमा निर्देशक बन्छु भन्ने सोच छ ।’ आफ्नो जीवन यही क्षेत्रमा नै बिताउन चाहने नम्रतालाई काम गरेका कलाकार मध्ये को मनपर्छ त, भनिन्-‘मेरा लागि सबै कलाकार उस्तै छन् ।
तर, पर्दामा आर्यनसँगको जोडी विशेष जम्छ जस्तो लाग्छ । उसले मेरो हेरचाह पनि गर्छ ।’ आफू आजसम्म काम गरेका कोही पनि कलाकारसँग असन्तुष्ट नभएको नम्रताको भनाई छ ।
२९ बर्ष लाग्नु भयो, बिहेको सोच आएको छ या छैन त, अनलाइनखबरको प्रश्नमा नम्रताले हाँस्दै भनिन्-‘बिहे गर्नका लागि उमेर बढ्नुपर्दैन । फेरि, उमेर बढ्ने वित्तिकै म बुढी भए भन्ने चिन्ता लिनु पनि हुँदैन । राजेश दाइले ५० बर्षको उमेरमा गर्नु भएको हो ।’ उनले आफूले खोजेजस्तो जोडी पाएको खण्डमा बिहे गर्न सक्ने बताइन् । तर, अहिलेसम्म त्यस बिषयमा नसोचेको नम्रताको भनाई छ ।
Advertisement