पुनःनिर्माणमा भारतको १ खर्व सहयोग घोषणा
Advertisement

१० असार, काठमाडौं । भारतले नेपालको पुननिर्माणमा १ खर्व रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । भूकम्पपछिको पुनस्थापना र पुननिर्माणमा सहयोग जुटाउन काठमाडौंमा भएको अन्तराष्ट्रिय दाता सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेशमन्त्री सुस्मा स्वराजले सहयोग घोषणा गरेकी हुन् ।


१ अर्ब अमेरिकी डलर अर्थात करिव एक खर्व रुपैयाँ सहयोगमध्ये करिव ४० प्रतिशत अनुदान र बाँकी ऋण सहयोग हुने उनले जानकारी दिइन् ।

आगामी पाँच बर्षभित्रमा भारत सरकारले नेपाललाई यो सहयोग उपलब्ध गराउने छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकाश स्वरुपका अनुसार यो सहयोग भारतले नेपाललाई हाल गरिरहेको नियमित सहयोगभन्दा अतिरिक्त हुने छ ।

भारतीय विदेशमन्त्री स्वराजले भूकम्पपछिको विपदमा नेपाल एक्लै नरहेको बताइन् । उनले प्राधिरण गठन गर्ने नेपाल सरकारको निर्णयको स्वागत गर्दै आवश्यक सहयोग गर्ने बताएकी छन् ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...