बिबाहित भएको थाहा पाउँदा पनि प्रस्ताव राख्छन्’ : नम्रता
Advertisement

मानिसमा प्रतिभा भएर मात्र हुँदैन, त्यसलाई पुरा गर्ने इच्छा र सामाथ्र्य पनि राख्नुपर्छ । अर्कोतिर, अहिलेको जमानामा अर्थ पनि ठूलो कुरा भएर आउँछ । सानैबाट गीत गाउने इच्छा भएकी नम्रता काफ्लेलाई लाग्छ, उनको पछाडि यी तिनै कुरा थिए, जसका कारण आज उनी गायिकाको परिचय बनाउँदैछिन् ।

पहिलो एल्बम ‘नम्रता’ सार्वजनिक गरेपछि उनले आफ्नो गायिका बन्ने इच्छा त पुरा गरेकी छिन्  तर सपना अझै बाँकी नै छ । यो एल्बमबाट देश-विदेशमा बस्ने नेपालीले उनलाई साथ दर्शाएका छन्, माया दिएका छन् । उनलाई लाग्छ, अझै पनि तयारी गर्न धेरै बाँकी छ ।
अनलाइनखबरसँगको भेटमा आफ्नो मनको पोको फुकाउँदै नम्रताले भनिन्-‘मेरो गीत गाउने इच्छा मात्र भएर पनि हुँदैनथ्यो । मेरो श्रीमान् सहयोगी हुनुहुन्थ्यो र म सफल भएकी छु ।’ म्यूजिक एल्बम निकाल्नुअघि गुरुदेव कामदबाट उनले ४ महिना संगीतको तालिम लिइन् ।
उनीसँग अझै राम्रो गर्छु भन्ने सोच छ । सोच यतीमा मात्र सिमित छैन उनको । चर्चित गायक उदितनारायण झासँग गीत गाउने र बलिउड चलचित्रमा पनि आवाज दिने उनको सपना छ । यो सपना कसरी पुरा हुन्छ त, उनले भनिन्-‘मनमा दृढ संकल्प र परिवारको साथ भएको खण्डमा सफल भइन्छ, यसैले म ढुक्क छु ।’
‘नम्रता’ एल्बमका ५ गीतमध्ये २ वटा गीतको म्यूजिक भिडियो पनि तयार भएको छ । ‘तिमी छौ र जिवन’ बोलको गीतले पाएको चर्चाले आफू उत्साहित भएको नम्रताले बताइन् । २१ बर्षको उमेरमा बिहे गरेपछि उनी नम्रता काफ्ले खरेल भइन् ।

बिहे गरेपनि उनलाई फेसबुकमा ‘आई लभ यू’ भन्नेको कमी छैन । नम्रता भन्छिन्-‘मेरो नामको पछाडि दुइवटा थर छ । तर, पनि केही साथीहरुले प्रेम प्रस्ताव राखेको देख्दा छक्क पर्छु । मसँग बिबाह गर्छौ भन्ने पनि धेरै छन् ।’
यी गायिकाको सोच अब सांगीतिक क्षेत्रमा अन्तिम श्वास रहेसम्म लाग्ने छ । यसका लागि आफूले गर्नुपर्ने सबै तयारीमा लागिरहने उनले बताइन् । सधै आफूले मात्र लगानी गरेर एल्बम निकाल्न नसकिने उनले वुझेकी छिन् । यसका लागि उनी कन्र्सट, चलचित्रको गीतको अफरको पनि प्रतिक्षा गरिरहेकी छिन् ।
परिवारको आर्थिकका साथै हरेक कुराबाट सहयोग भएकाले पनि आफूलाई यो क्षेत्रमा आउन संघर्ष गर्नुनपरेको नम्रताले बताइन् । आफूलाई उनी जस्तो पनि गीत गाउन सक्ने, समाजेसवामा पनि लागिरहने गायिकाको रुपमा चिनाउन चाहन्छिन् । सानैबाट समाजसेवामा पनि लाग्ने गरेकी नम्रताले भुकम्पपछि पनि थुप्रै ठाउँमा आर्थिक र भौतिक सहयोग गरिसकेकी छिन् ।
उनले आफूलाइ दाम भन्दा पनि सफल गायिका बनेर नाम कमाउन मन लागेको बताइन् । उनले आफ्नो कलाको अगाडि पैसाको डिमाण्ड नगर्ने पनि बताइन् । नम्रतालाई कतिपयले श्रीमान्को थर’खरेल’ हटाउन पनि भनेका छन् । यस्तो किन भन्छन् त फ्यानहरु, नम्रता भन्छिन्-‘सुरुमा उहाँहरु अविवाहित संझेर कुरा गर्नुहुन्छ । पछि विवाहित भएपछि खिन्न हुनुहुन्छ ।’ विवाहित हुँदा फ्यान संख्या कम हुने भएपनि उनले आफूलाई विवाहित हुँ भनेर चिनाउन कुनै संकोच नभएको बताइन् ।
नेपाली सांगीतिक क्षेत्रमा नयाँ-नयाँ गायक-गायिका आइरहेको समयमा यही क्षेत्रमा लामो समय बिताउने सोचका साथ नम्रता काफ्ले पनि आएकी छिन् । आफ्नो पहिलो एल्बमको ५ वटै गीतको म्यूजिक भिडियो तयार गरेर नयाँ एल्बम निकाल्ने सोच उनले सुनाइन् ।



Advertisement



प्रतिक्रिया दिनुहोस्...