बिवाह सम्बन्ध बिच्छेद भएका नेपाली नायिकाहरुको प्रेम कहानी
Advertisement

काठमाडौं, १६ असार – नायीकाहरुको सम्बन्धमा किन गाँसिन्छन् र किन भत्किन्छन् । सम्बन्धमा अकर्षण केल्ले बढाउँछ र यो पछि आफैं घट्दै जान्छ । किन नायीकाहरुको विवाह सम्बन्ध लामो समय सम्म टिक्दैन र पटक पटक धोकाको अनुभव गर्नु पर्छ । यो अनुभव गर्नेहरुले आफै बुझ्लान् र आफैलाई सम्हाल्लान् तर हामी आम मानिसहरु आफुले विश्वास गरेकाहरुले धोका पाएको खबर पढ्न नपाए हुन्थ्यो भन्छौं तैपनि खबरहरु छाईरहेका हुन्छन् ।


सिनेमाको कथा जस्तै मायामा गाँसिने र छुट्टीने नायीकाहरुको कथा बलिउड र हलिउडमा मात्रै छैन यस्तै नमिठो समाचारको अनुभव नेपाली सिनेमा उद्योगले पनि व्यहोरेको छ । निमार्ता र नायीकाका रुपमा सम्मानित सम्बन्ध बनाएका रेखा र छवि हुन् वा लामो प्रेम पछि गाँसिएको संचिता आकाशको कथा होस् । श्रीमान् श्रीमतिको सम्बन्धमा चुडिएका नेपाली नायीकाहरुको कथा आज हामी खोतल्दैछौं ।

रेखा थापा
rekha-thapa010सन् १९९९ मा मिस नेपालमा भाग लिएर आफ्नो मोडलिङ तथा अभिनयको यात्रा शुरु गरेकी थिईन् नायिका रेखा थापाले । त्यसपछि उनले दर्जनौ फिल्महरुमा आफ्नो अभिनय कला देखाईसकेकी छन् । नेपालकी अभिनेत्री मध्येकी हिम्मतवाली रेखा थापाको विवाह निर्देशक छबिराज ओझासँग भएको थियो तर १० बर्षपछि रेखा र छबिको यो जोडि डिभोर्समा गएर टुङगीयो । छबिसँग सम्बन्ध टेङिगएपछि रेखाका बारेमा धेरै थरि कुरन पनि भए । एकपटक त नागक सुदर्शन गौतमसँग रेखाले बिहे गर्न लागिन् भन्ने कुरा पनि आयो । तर त्यो गलत साबित भयो । अहिले रेखा पनि एक्लै छन् र छबि पनि एक्लै छन् ।

प्रियंका कार्की
नेपाली अभिनेत्री मध्येकी एक चर्चित र सफल अभिनेत्री हुन् नायिका प्रियंका कार्की । उमेरले २८ बर्ष पुगेकी प्रियंकाले झीगा्रना, थ्रि लवर्स, नाई नभन्नु ल २,३,माला, सुन्तली ,पुन्टे परेड लगाएत दुई दर्जन भन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छन् । उनको रोचक मैनाली सँग विहे भएको थियो तर सम्बन्ध धेरै लामो समयसम्म टिक्न सकेन । सन् २०१३ मा रोचक र प्रियंकाको डिभोर्स भयो । प्रियंका र रोचकको अमेरीकामा भेट भएको थियो । उनिहरुले साढे दुई बर्षको अफेयर पछि विवाह गरेका थिए ।

सचिंता लुईटेल
sanchita_luitel_2092339945नयिका सचिंता लुईटेललाई मन नपराउने सायदै कोहि होलान् । नेपाली चलचित्र क्षेत्रमा उनको नाम स्थापित नाम हो । नायक निखिल उप्रेतीसँग विहे गरेर हराएकी नायिका सचिंताको पछिल्लो समयमा भने व्यस्तता बढिरहेको छ । विहे गरेर दुई सन्तानकी आमा बनिसकेकी सचिंताको पहिलो विहे आकास शाहसँग भएको थियो । आकास सँगको सम्बन्ध भने त्यति लामो समयसमम टि क्न सकेन र पछि आकास र सचिंताको बिहेले डिभोर्सको रुप लियो ।

पुजा चन्द
pooja-Chandनेपाली फिल्म छोरी बुहारी, वर पिपल, जिन्दगानीमा अभिनय गरेकी नायिका पुजा चन्दले हरेक किसिमका रोलहरुमा अभिनय गरेकी छन् । पछिल्लो समयमा अमेरीका रहदै आएकी पुजाको निर्देशक सुरज चन्दसँग विहे भएको थियो तर पछि पुजा र सुरजको डिभोर्स भयो । पुजाले अमेरीकामै गायक राजु लामासँग विहे गरिन् । हाल उनि राजुसँग खुसहाल जिन्दगी बिताईरहेकी छन् ।

गौरी मल्ल
नेपाली अभिनेत्री गौरी मल्लले फिल्म बसन्ती सन्यास मामाघर, धनसम्पति लगाएत दर्जनौ फिल्ममा अभिनय गरेकी छन् । गौरी मल्ल पनि नेपालका डिभोर्सी अभिनेत्रीमा पर्छिन् । उनि हाल अमेरीकामा छिन् । त्यस्तै बर्षा खड्का अर्कि नायीका हुन् जो शुरुवातिमै ग्लामरको चर्चा पछि बिहे गरिन् । सम्बन्ध टिकेन र अहिले बिदेशमा छिन् ।
SONY DSC
नृत्यांगनाको छवि पछि नायीका बनेकि सारंगा श्रेष्ठ पनि दर्शकले मन पराएकि नायीका हुन् । उनी अहिले अमेरिकामा छिन् र डिभोर्सि हुन् । source taja khabar



Advertisement



प्रतिक्रिया दिनुहोस्...