.फलामका हात भएकाहरु देश निर्माणमा लाग : राजेश हमाल
Advertisement

दीपेन्द्र घिमिरे, मिडिया एनपी, युएई, ३१ जेठ । हालै गएका भूकम्पबाट क्षतिग्रस्त नेपालको पुनर्निर्माणलगायतका कार्यका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल जारी राखेका छन् । यसैक्रममा भुकम्प पीडित नेपालीको सहयोगार्थ युएईको आवुदावीमा सांगीतिक कार्यक्रमको आयोजना गरियो । जसमा नेपालका चर्चित कलाकारहरुले बिना पारिश्रमिक आफ्नो प्रस्तुति दिएका छन् ।

गएको शुक्रबार आयोजित उक्त कार्यक्रममा महानायक राजेश हमाल, हमाल पत्नि मधु भट्टराई हमाल, हास्य कलाकारद्वय दिपकराज गिरी र दिपाश्री निरौला, पप तथा लोक गायक तिलक बम मल्ल, लोक तथा दोहोरी गायक÷गायिका इन्द्र जिसी, सम्झना लामिछाने, पप गायिका प्रजिता गेलालका साथै अहिलेकी चर्चित पप गायीका आस्था राउत लगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए ।
नेपाली राजदुतावासको अगुवाईमा युएईमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले गरेको संयुक्त कार्यक्रममा करिब तीन हजार जनाको सहभागिता थियो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम भुकम्प पीडित नेपाली जनताको लागि दुतावासको रोहवरमा प्रधानमन्त्री राहत कोषमा पठाईने कार्यक्रमका संयोजक कृष्ण भुषालले जानकारी दिए ।
कार्यक्रममा आफ्नो प्रस्तुती दिनबेलामा महानायक राजेश हमालले नेपालीहरुको यो दुःखद घडी भए पनि हामी सबै नेपालीलाई एकताबद्ध भएर देश निर्माणमा अग्रसर हुन प्रेरित गरेको बताए । आफ्नो चर्चित डायलग ‘साथीहरुको लागि यो हात सलाम र दुश्मनहरुको लागि यो हात फलाम’ भन्दै हमालले यो फलामको हात अव देश निर्माणमा प्रयोग गर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा डिआईडी लिटल च्याम्पियन सिजन ३ को विजेता तेरिया मगरले पनि आफ्नो प्रस्तुति राखेकी थिईन् । तेरियाको नृत्यले झुमेका दर्शकहरुलाई आस्था राउतले चौवन्दीमा पटुकी गाउन थाल्दा नायक राजेश हमाल स्टेजमै पुगेर नाचेका थिए ।source taja khabar

Advertisement



प्रतिक्रिया दिनुहोस्...