एसएलसीमा पास र फेल दुवैलाई टेलिकमको नयाँ अफर
Advertisement
एसएलसीमा पास र फेल दुवैलाई टेलिकमको नयाँ अफर
काठमाडौँ, असार १
नेपाल टेलिकमले यो वर्ष एसएलसीमा पास र फेल भएका सबै विद्यार्थीहरुका लागि सिम कार्डमा विशेष सुविधा ल्याएको छ।
एसएलसी दिएका विद्यार्थीहरुले १ सय रुपैयाँमा नेपाल टेलिकमको सिम किन्दा १ सय रुपैयाँ ब्यालेन्स र थप १०० एमबी मोबाइल डाटा प्राप्त गर्नेछन्।
यसप्रकार विद्यार्थीहरुलाई कूल २०० रुपैयाँ बराबरको सुविधा टेलिकमले दिएको छ। यो योजना असार १० गतेबाट सुरु भएर साउन मसान्तसम्म लागू हुने नेपाल टेलिकमका सह–प्रवक्ता डिल्ली अधिकारीले बताएका छन्।
यो सिम लिनका लागि एसएलसी दिएका विद्यार्थीहरुले एसएलसीको प्रवेश पत्र, नागरिकता र पासपोर्ट साइजको फोटोको आवश्यकता पर्ने पनि उनले बताए।
सिम कार्डको यो अफर नजिकैको एनटीसी काउण्टर वा नेपाल टेलिकमको आधिकारिक बिक्रेताबाट लिन सकिने छ। source taja khabar
Advertisement