यी हुन आफ्नै बुवाका श्रीमतीसँग विहे गर्ने पुरुष, छोराछोरी छन् पाँच सय (फोटोफिचर सहित)
Advertisement
कुविक एनपी न्युज
संसारमा कस्ता कस्ता अनौठा प्रचलन छन् त्यो त यो घटनाले देखाउछ ।
अफ्रीका महादेशमा रहेको देश कैमरूनको बफुट क्षेत्रका राजा एबुम्बी-२ का करिब १०० श्रीमती छन् । यिनमा ७२ महिला त पहिला उनका पिताका श्रीमती थिए, त्यसपछि स्थानीय परम्परा अनुसार राजाका छोराले पिताका रानीसँग विवाह गरे । किनकि परम्परा अनुसार राजाले प्रयोग गरिसकेपछि उनका छोराले सबै श्रीमतीलाई आफ्नो बनाउनुपर्छ ।
परम्परा अनुसार, कैमरूनमा बहुविवाह प्रथालाई अहिले पनि कानूनले मान्यता दिएको छ, र देशका ग्रामीण भागमा अधिकांश पुरुषका कैयौं श्रीमती हुन्छन् । १९६८ मा एबुम्बी-१ का पिताको मृत्यु भएको थियो र त्यसपछि उनलाई बफुट क्षेत्रका ११औं राजा बनाइएको थियो । उनका करिब ५०० छोराछोरी छन् ।
संस्कार सिकाउने परम्पराraja abumbi1राजाकी तेस्री श्रीमतीले एक समाचारपत्रसँग कुराकानी गर्दै भनेकी छिन कि जून तरिकाबाट एउटा सफल व्यक्तिको पछाडि निष्ठावान महिलाको हात हुन्छ ।
त्यसै गरी राजाका लागि उनकी श्रीमतीहरुको पनि अहम योगदान हुन्छ । त्यसकारण यहाँको परम्परा अनुसार अधिक उमेरका श्रीमतीले कम उमेरका श्रीमतीलाई संस्कार सिकाउने गर्छन् र राजालाई पनि संस्कार सिकाउछन् किनकि उनी राजकुमारबाटै राजा बनेका हुन्छन् ।
- परम्पराको विरोध
यद्यपी कैमरूनमा अहिले बहुविवाह परम्पराको विरोध हुन थालेको छ । एकदमै कम व्यक्तिहरु छन्, जो यो परम्पराको पक्षमा छन् । तर पनि यहाँका राजाको मान्यता छ कि आफ्नो परम्परा र संस्कृतिलाई बचाउने उनको कर्तव्य हो । राजाले भनेका छन्–‘मेरा लागि सबै श्रीमतीको एकदमै आवश्यकता छ ।’
Advertisement