तनावको समस्याबाट नडराउनुस, यो वंशानुगत पनि हुन सक्छ जानी राखौ..
Advertisement
न्यूयोर्क, हालै गरिएको एक ताजा अनुसन्धानबाट के कुरा पत्ता लागेको छ भने तनाव को समस्या वंशानुगत पनि हुन सक्दछ ।उक्त अनुसंधानमा उक्त गुणसूत्रीय तत्वको पहिचान गरिएको छ, जसले कठिन अबस्था पछि तनावको खतरा बढाउने गर्दछ । यसको स्पष्ट आशय यो हो कि पिँढी दर पिँढिबाट प्राप्त वंसाणुगत गुणले हामीमा मानसिक तनाव बढाउने सम्स्यालाइ पछिल्लो पिँढिबाटनै लिएर आउने गर्दछ । मस्तिष्कको कार्यमा अहम भूमिका निभाउने यी वंसाणुगत गुणहरूलाइ सीओएमटी र टीपीएच-2 को नामले चिन्ने गरिन्छ ।
अनुसन्धानका मुख्य लेखक क्यालिफोर्निया विश्वविद्यालयका अनुसंधानकर्ता अर्मेन गोएनजियानका अनुसार यस अनुसन्धानका क्रममा तनाव बढ्ने समस्या र सीओएमटी तथा टीपीएच-2 का बिचमा महत्वपूर्ण सम्बन्धको खुलासा भएको छ । जसमा यिनीहरूनै मानसिक तनावको रोगलाइ लगातार बढाइराख्नमा जिम्मेबार हुने गर्दछन ।
गोएनजियनका अनुसार यस अनुसन्धानको परिणामबाट के संकेत मिल्दछ भने, जो मानिसहरूमा यी गुण हुन्छ, उनीहरूमा मानसिक अवसादको जोखिम अधिक हुन सक्दछ । यस अनुसन्धानबाट मानसिक अवसादबाट समस्याग्रस्त मानिसहरूको राम्रो उपचार र निदानका लागी जैविक आधार भेटिन सक्दछ ।
युद्ध, दुष्कर्म या प्राकृतिक बिपत्ति जस्ता जीवनलाइ नै धारासायी बनाउने घटनाहरू पछि धेरैजसो मानिसहरू यस प्रकारको मानसिक तनावबाट ग्रस्त हुने गर्दछन, तर यो जरूरी छैन कि तनावग्रस्त सबै व्यक्तिहरूमा यो समस्या हुन्छ । अध्ययनका लागी अनुसंधानकर्ताहरूले २०० मानिसहरूको डीएनए जम्मा गरेका थिए, ताकि यस मानसिक समस्याको आनुवंशिक लक्षणहरूको पत्ता लगाउन सकियोस ।
अनुसंधानकर्ताले अर्मेनियाका मानिसहरूलाइ यस अनुसन्धानका लागी रोजेका थिए । किनभने यहाँ सन १९८८ मा ६.८ रेक्टर स्केलको भूकम्प जाँदा २५ हजार भन्दा धेरै मानिसहरूको मृत्यु भएको थियो । जसमा मर्नेहरूमा एक-तिहाई संख्या बच्चाहरूको थियो ।गोएनजियनले यस कुरामा जोड दिँदै भने कि यस अध्ययनबाट वैज्ञानिकहरूलाइ अझ राम्रो उपचारको खोजी गर्नमा मद्दत पुग्नेछ । यो अनुसन्धान ‘इफेक्टिव डिसअर्डर’ पत्रिका को ताजा अंकमा प्रकाशित भएको छ ।
Advertisement