हत्या गर्ने चेतावनी दिएका शेर्पालाई प्रचण्ड पुत्रको कडा प्रतिवाद
Advertisement

३० जेठ , काठमाडौं।
प्रचण्डको हत्या गर्ने चेतावनी दिएका जातियताको मुद्दा उठाउदै आएका आङकाजी शेर्पालाई प्रचण्ड पुत्र प्रकाश दाहालले कडा जवाफ दिएका छन् । प्रकाश दाहाले आफ्नो फेसबुक स्टाटस मार्फत लेखेका छन्,‘त्यो आङकाजी फटाहा आफू केही गर्दैन अरुले गरेको देख्न सक्दैन, प्रचण्डले त तिमीहरुलाई यहाँसँग ल्याए । बाँकी बाटो आफै तह लगाउ । सबै कुरा प्रचण्डलाई कुर्नु भन्दा कहिलकाही आफैले पनि गर, तिमीलाई यहाँसम्म लडने बोल्ने बनाए, गर्न केही सक्दैनौ । तिमी भिख माग्न पल्केका छौ, झन मार्ने धम्की दिन्छौ प्रचण्डलाई ।’



आङकाजी शेर्पा केही समय अघि एमालेका अध्यक्ष केपी ओलीलाई ज्यान मार्ने दिएर चर्चामा आएका थिए । अहिले प्रचण्डको हत्या गर्ने भनेर स्टाटस लेखेर चर्चामा आएका छन् । सामाजिक सञ्चालमा प्रचण्डको हत्या गर्ने राजनीतिक विश्लेषकको हवला दिने शेर्पालाई प्रहरीले कुनै चासो नदेखाएको बताइएको छ ।

यस्तो थियो आङ काजी शेर्पाको फेसबुक स्टाटस


Advertisement



प्रतिक्रिया दिनुहोस्...