-खरबुजा खाँदा यी ७ कुरामा बिशेष फाईदा हुन्छ... जानी राखौ..
Advertisement

खरबुजा स्वास्थ्यका लागि एकदमै  फाइदाजनक मानिन्छ । यसका चमत्कारी गुणहरुले मानिसको दिमागदेखि पैतालाको कोषसम्मलाई फाइदा पुर्याउँछ । ताजा, स्वादिलो र रसिलो खरबुजाको उपयूक्त सिजन भनेको गर्मी नै हो। सिजनमा फलेका खरबुजामा अधिक मात्रामा पोषण, भिटामिनहरु र खनिजको मात्रा पाइन्छ ।

खरबुजामा ९२ प्रतिशतसम्म पानी रहेको हुन्छ र यो प्राकृतिक रुपमै चिल्लोपदार्थ भएको फलफुलको श्रेणीमा पर्छ।  खरबुजा दिनहुँ खानाले मुटु र आँखाको अवस्थामा सुधार आउने र पूरा शरिरको रोग प्रतिरोधात्मक क्षमताको विकासदेखि लिएर थुप्रै सकरात्मक फाइदाहरु हुन्छन् ।


यसका धेरै फाइदाहरुमध्ये ७ वटा विशेष फाइदाहरु यस्ता छन्:-


१. मुटु र हड्डीका लागिः-

विशेषगरी हाम्रो मुटुका लागि अति नै महत्वपूर्ण मानिएको खरबुजामा पाइने लाइकोपिन हालैका अनुसन्धानमा पत्ता लागे अनुसार हड्डीको स्वस्थकर वृद्धिका लागि पनि उत्प्रेरक तत्व मानिएको छ।  खरबुजा दिनहुँ खानाले रक्तसञ्चारमा मद पुर्याउनाले मुटुको कार्य प्रणालीमा सुधार आउँछ ।

लाइकोपीनका श्रोतहरु खरबुजा र टमाटरजस्ता खानेकुराले हड्डीका प्रमुख कोषहरुको काममा बाधा पुरयाउने अक्सिडेटिभ तनावलाई कम गर्छ । त्यसैले बलियो हाडका लागि लाइकोपीन भएका खानेकुरा खानुपर्छ। खरबुजामा धेरैमात्रामा पोटासियम हुनाले यसले शरिरमा पोटासियमको मात्रा कायम राख्छ र हाम्रा हाडजोर्नीहरु बलिया हुन्छन् ।

२. मोटोपन घटाउनः-

खरबुजामा पाइने सिट्रुलिनले हाम्रो शरिरमा भएको बोसोको मात्रा कम गर्छ । सिट्रुलिन एक प्रकारको एमिनो एसिड हो जो हाम्रो मृगौला र अरु अंग प्रणालीद्वारा आर्जीनीन नामको अर्को एमिनो एसिडमा परिवर्तन हुन्छ। यसका विभिन्न चरणहरुमा हुने कामले हाम्रो बोसो उत्पादन गर्ने तन्तुहरुबाट कम बोसो उत्पादन गराउँछ र मोटोपना कम हुन जान्छ ।

. छाला र कपालको सुन्दरताः-

छाला र कपालका लागि भिटामिन ए अमृत समान हुन्छ र १ कप बराबरको खरबुजामा हामीलाई एकदिनका लागि आवश्यक पर्ने भिटामिन एको मात्रा हुन्छ। भिटामिन एले कपाल र छालालाई नरम राख्नुका साथै नयाँ कोलाजेन र इलास्टिन कोषको निर्माणमा पनि मदत पुर्याउने  चिकित्सकहरुले बताएका छन् ।

४. स्वस्थ आँखाः-

 रातो गुदीयुक्त खरबुजामा पर्याप्त मात्रामा बेटा–क्यारोटिन नामको तत्व हुन्छ जुन शरिरमा पुगेपछि भिटामिन ए मा परिणत हुन्छ। यसले आँखाको रेटिनामा हुने पिगमेन्टहरुको वृद्धिमा मदत पुर्याउँछ र उमेरसँगै आँखामा आउने समस्या र रतन्धोको सम्भावना पनि कम गर्छ ।

 ५. रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ र कोष क्षति हुन रोक्छः-

खरबुजामा पर्याप्त मात्रामा भिटामिन सी रहेको हुन्छ जसले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताको विकास गर्छ । त्यस्तै खरबुजाले हामीलाई आवश्यक पर्ने कोषहरु क्षय हुनबाट पनि बचाउँछ । यसका साथै चाँडो घाउचोट निको नहुने समस्या हुनेलाई पनि खरबुजाले फाइदा पुर्याउँछ ।

६. पाचन प्रणालीमा मदतः-


खरबुजामा ९० प्रतिशतसम्म पानी हुने र पर्याप्त रेशा हुनाले हाम्रो पाचन प्रणाली राम्रो राख्न यसले मदत पुर्याउँछ । यसले कब्जियत र अपच हुने जस्ता समस्याहरु रोक्न मदत गर्छ ।

७. विभिन्न रोगहरुको सम्भावना कम गर्छः-


खरबुजा नियमित खानाले दम, रक्तचापजस्ता समस्याहरुको सम्भावना कम हुन्छ । त्यस्तै उच्च मात्रामा एन्टिअक्सिडेन्ट र भिटामिन सी पाइने हुनाले खरबुजाले शरिरमा क्यान्सरको कारण मानिएको फ्रि र्याडिकल्स्‌को निर्माण रोक्नमा पनि सहायता गर्छ। यसले शरीरमा हुने सुख्खापनको समस्या पनि हटाउँछ ।

खाद्यान्नको स्तरमा उत्कृष्टमा पर्ने खरबुजाका यी बाहेक पनि धेरै फाइदाहरु छन् । यसमा भिटामिन सी, ए, बी१, बी१२ का साथै कपर, पोटासियम, म्याग्नेसियम, बायोटिन आदि तत्वहरु पाइन्छन्, जो हाम्रो स्वास्थ्यका लागि अपरिहार्य छन् ।

खरबुजाको नकारात्मक असर खास नभएपनि खाँदा केही कुरामा भने ध्यान दिनुपर्छ ।

काँचोभन्दा राम्ररी पाकेको रातो खरबुजा खाने ।

– दिनहुँ खाने तर आफ्नो शरिरमा भएको पोटासियम वा लाइकोपिनको अवस्थामा जानकार हुने । यस्ता तत्व बढि भएमा पनि शरिरमा समस्या आउन सक्छ । 

Advertisement



प्रतिक्रिया दिनुहोस्...