सलमानसँग भिड्दै दुई साउथ सुपरस्टार..
Advertisement

बलिउडमासमेत राम्रो पकड बनाउन सफल रहने गरेका दक्षिण भारतीय फिल्मका दुई सुपरस्टार महेश बाबु र धनुषले यसपाली बलिउड पावर हाउस सलमान खानलाई वक्स अफिसमा टक्कर दिने भएका छन्। यी तीनै स्टारका फिल्महरु 'बजरंगी भाइजान', 'श्रीमनथुडु' तथा 'मारी' एकै मितिमा रिलिज हुने भएपछि यो अवस्था सिर्जना भएको हो। तीनै स्टारको फिल्म जुलाई १७ मा रिलिज हुँदैछ।

फिल्म व्यापारका विश्लेषक त्रीनाथका अनुसार यो अवस्थामा फिल्मको पर्दालाई लिएर यी फिल्महरुबीच भिडन्त हुनेछ। उनले भने, 'यी तीनै स्टारका दर्शकहरु संसारभर उल्लेख्य मात्रामा रहेकाले हलवालाहरुका निम्ति पर्दा बाँडफाँड एउटा टाउको दुखाइ हुनेछ। मिलाएर पर्दा बाँड्नु उनीहरुका लागि कठिन हुनेछ।'
यस अवस्थामा यी फिल्म भन्दा एक साता अगाडी रिलिज हुने भारतीय फिल्म इतिहासकै सबैभन्दा महँगो फिल्म 'बाहुबली' रिलिज हुँदैछ र उसले सकेसम्म बढीभन्दा बढी पर्दा ओगट्नेछ जसले अवस्थालाई थप कठिन बाएको छ। source kala.setopati.

Advertisement



प्रतिक्रिया दिनुहोस्...