चर्चित पत्रकार ऋषि धमला पक्राउ
Advertisement

काठमाडा । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला पक्राउ परेका छन् । उनलाई ठगी तथा महिलामाथि अपशव्द बोलेको आरोपमा प्रहरी समक्ष पुर्‍याइएको थियो ।
एरिना क्लब बुटवलका पदाधिकारीले रकम ठगी गर्न खोजेको आरोपमा नियन्त्रणमा लिएर धमलालाई प्रदर्शनीमार्गमा रहेको महानगरीय प्रहरी सहायता कार्यदलमा बुझाएका थिए ।
प्रहरीको रोहबरमा सार्वजनिक रुपमा माफी मागेपछि धमलालाई छाडिएको थियो ।
आफूहरुले पत्रकार सम्मेलनका लागि समय लिएकामा धमलाले अर्कै कार्यक्रममा उपस्थित गराउर भिडका रुपमा प्रयोग गरेको र १० हजार रुपैयाँ मागेपछि विवाद भएको उनीहले दावी गरेका छन् ।
पत्रकार सम्मेलनका लागि तोकिएको समयमा अर्के कार्यक्रम आयोजना गरिएको तर पैसा आफूहरु सँग मागिएको र महिलाको अगाडी अपशव्द प्रयोग गरिएको भन्दै उनीहरुले धमलाई प्रहरीमा बुझाएका थिए ।
पुतलीसडकमा रहेको कार्यलय भूकम्पका कारण क्षतिग्रस्त भएपछि रिपोर्टर्स क्लब भृकुटिमण्डपको चौरमा पालमा सञ्चालन हुदै आएको छ ।
धमलाको क्लवमा हिजो मात्र अर्थमन्त्री महतका स्वकिय सचिवको कार्यक्रममा प्रश्न सोधेको निहुमा एक पत्रकार माथी थप्पड प्रहार भएको थियो ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...