-आइएसविरुद्ध लड्न अमेरिकी सेना इराक जाँदै.....
Advertisement

एजेन्सी : इस्लामिक स्टेटविरुद्ध असफलता हात लागिरहेका बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले ४ सय ५० जना सेना इराक पठाउन आदेश दिएका छन् ।


इराकी सैनिकलार्इ मद्धत गर्न पुन: अमेरिकी सेना इराक जान लागेका हुन् । इराकमा रहँदा अमेरिकी सेनाले आइएसको कब्जामा रहेको रमादी तथा अन्य प्रमुख शहर आइएसबाट मुक्त गर्न सघाउनेछन् ।

आइएसविरुद्धको लडाइँ अझै ब्यापक बनाउने इराकी सैन्य बलको अभियानलार्इ स‌ंगठितरुपमा अघि बढाउन अमेरिकी सेनाले सघाउने छन् । उनीहरुले आइएसविरुद्ध सुन्नी लडाकूलार्इ सघाउने गरी अनबार प्रान्तमा आफ्नो अखडा बनाउनेछन् ।

इराक जाने यी अमेरिकी सेनाले इराकी सैनिकसँगै युद्धको मोर्चामा भने सहभागी गराउने प्रस्ताव अहिले गरिएको छैन।

आफ्ना सेनालार्इ इराक पठाउने निर्णय गरेपनि ओबामा आफ्ना सेनाले युद्धमा प्रत्यक्ष सामेल हुने कुरामा भने अनिच्छा देखाएका छन् ।

बुधबार सार्वजनिक गरिएको यो योजना अनुसार अघिल्ला ६ हप्तासम्ममा इराकमा ४ सय ५० जना अमेरिकी सैनिक तैनाथ गरिनेछ । Source:AnnapurnaPost

Advertisement



प्रतिक्रिया दिनुहोस्...