बलिउडमा कसरी भित्रिइन् त काजल?
Advertisement
बलिउड सुपरहिट चलचित्र ‘सिंघम’की चुलबुले नायिका काजल अग्रवाललाई नचिन्ने सायदै कोहि होलान्। उनको जन्मदिन सन् १९८५ जुन १९ मा भएको थियो। साउथ इण्डियन चलचित्रबाट बलिउडमा उनी कसरी आइपुगिन् त?
2. kajal agrawalकाजलमा सुरुमा अभिनत्री बन्ने चाहना थिएन। स्कुल र कलेजको पढाइ पुरा गरिसकेपछि ब्राण्ड म्यानेजमेन्ट विषय लिएर एम्.बि.ए. गर्न युनिभिर्सिटिमा भर्ना भएकी थिइन्। तर उनी पढाइको साथसाथै मोडेलिङ्गलाई पनि अगाडि थिइन्, त्यसैले उनलाई चलचित्रमा खेल्ने अवसर आउन लागेपछि र साथीहरूको सुझाबले गर्दा नै फिल्म लाइनमा छिरेकी हुन्।
काजललाई तेलुगु तथा तामिल दुवै फिल्ममा खेल्ने मौका मिल्न थाल्यो। उनको त्यो होनहार अभिनयको कारणले गर्दा उनलाई हिन्दी चलचित्रमा खेल्ने मौका पनि मिल्यो। अजय देवगनसँग ‘सिंघम’ चलचित्रबाट उनले बलिउडमा डेब्यू गरेकी हुन्।
‘लक्ष्मी कल्याणम्’ बाट सुरुवात-
1. kajal agrawalसन् २००७ मा तेलुगु चलचित्र ‘लक्ष्मी कल्याणम्’ बाट काजलले आफ्नो फिल्म लाइन सुरुवात गरेकी थिइन्। यो फिल्मको अभिनेता ‘कल्याण राम’ थियो र काजलले यो फिल्ममा मुख्य अभिनेत्री बन्ने मौका पाएकि थिइन्। त्यतिबेला उक्त फिल्मले बक्सअफिसमा त्यति हङगामा मचाउन नपाए पनि काजललाई भने अर्को चलचित्रमा फेरी खल्ने मौका मिलेको थियो। सन् २००९ मा रिलिज भएको तामिल चलचित्र ‘मगधिरा’मा पनि उनले अभिनय गरे र सो चलचित्र सफल बन्न पुग्यो। त्यसपछि उनले ‘पारूड’, ‘अतदिष्ट’, ‘डार्लिङ्ग’, ‘ओम शान्ति’, ‘मिस्टर पर्फेक्ट’, ‘विरा’, ‘सरोजा’, ‘गणेश जस्ट गणेश’, ‘बिजनेसम्यान’, ‘नायक’, ‘बादशाह’, ‘जिला’ को साथै अन्य कयौँ चलचित्रमा पनि काम गरिन्।
‘सिंघम’ बाट बलिउडमा-
3. kajal agrawal on shinghamकाजल अग्रवालले ‘सिंघम’ चलचित्रबाट बलिउडमा डेब्यू गरिन्। यो चलचित्रमा उनको हिरो अजय देवगन थियो र यो चलचित्र सुपरहिट हुन पुग्यो। त्यसपछि उनलाई बलिउडमा पनि सबैले मन पराउन थाले। त्यसको लगत्तै उनले ‘स्पेशल २६’ मा अक्षय कुमारसँग पनि अभिनय गर्ने मौका पाइन्। अहिले काजल अग्रवाललाई नचिन्ने सायदै कोहि होलान्।source taja khabar
Advertisement