उस्तै अनुहार भएका नेपाली तथा भारतीय सेलिब्रटीहरु
Advertisement
भनिन्छ एउटा मानिसको अनुहार सात जनासँग मिल्छ, जुम्ल्याहा मानिसको अनुहार त मिल्छ नै तर कहिले काँही फरक ठाउँमा बस्ने र फरक पेशा अंगालेका मानिसहरुको पनि अनुहार मिलेको हुन्छ ।
राजेश हमाल र मिथुन चक्रावती ।
नेपाली महानायक राजेश हमाल र बलिउड अभिनेता मिथुन चक्रावतीको अनुहार मिल्न जान्छ । नेपालमा धेरै फिल्ममा अभिनय गरेर लोकप्रिय बनेका महानायक हमाल र बलिउड अभिनेता मिथुनको हेअर स्टाईल पनि उस्तै उस्तै छ ।
प्रमोद खरेल र सोनु निगम ।
नेपाली गायक प्रमोद खरेल र भारतीय गायक सोनु निगमको पनि अनुहार केहि रुपमा मिल्न जान्छ । गायक प्रमोद खरेलले नेपाली गितसँगितमा एउटा छुट्टै स्थान बनाएका छन् भने भारतीय गायक सोनु पनि भारतका चर्चित गायक हुन् । यिनीहरुको हेअर स्टाईल पनि उस्तै छ ।
सुमिना घिमिरे र बिद्या बालन ।
नेपाली नायिका सुमिना घिमिरे र बलिउड नायिका बिद्या बालनको पनि अनुहार मिल्न जान्छ । पछिल्लो समय कलाकारीता बाट सन्याय लिएकी नायिका सुमिना भर्खरै विवाह बन्धनमा बाधिएकी छिन् । बलिउड नायिका बिद्या पनि भर्खर बिवाह बन्धनमा बाँधिएकी छिन् ।
योजना पुरी र सिखा सिंह ।
नेपाली गायिका योजना पुरी र भारतीय टेलिभिजन दुनियाकी स्टार सिखा सिंहको अनुहार पनि मिल्न जान्छ । योजना नेपाली गितसंगितकी लोकप्रिय गायिका हुन् भने सिखा पछिल्लो समय जि.टिभिको कुमकुम भाग्यमा आफ्नो अभिनय कला देखाई रहेकी छिन् ।
यस कुमार र मिका सिंह ।
नेपाली गायक यस कुमार र भारतीय गायक मिका सिंहको पनि अनुहार मिल्दो जुल्दो नै छ । यस कुमार नेपालका लोकप्रिय गायक हुन् भने मिका भारतका लोकप्रिय गायक हुन् ।
झरना थापा र सुरविन चावला ।
नेपाली नायिका झरना थापा र भारतीय नायिका सुरविन चावला पनि झट्ट हेर्दा उस्तै उस्तै देखिन्छन् । नेपाली दर्जनौं फिल्ममा अभिनय गरीसकेकी झरना अहिले पनि नेपाली फिल्मक्षेत्रमा सक्रिय छिन् । त्यस्तै भारतीय नायिका सुरविन पनि फिल्म हेट स्टोरी टु बाट चर्चामा आएकी थिइन् ।
श्राेत ः बिभिन्न अनलार्इन

Advertisement









