कतारमा १० नेपाली र मलेसियामा २ नेपाली गरि १२ नेपाली कोमामा
Advertisement

काठमाडौं –वैदेशिक रोजगारको सिलसिलामा विदेश गएका बेला दुर्घटनामा परेर कोमामा उपचार गराईरहेका नेपालीलाई स्वदेशमै ल्याई उपचार गर्न आवश्यक पर्ने आईसीयुको व्यवस्था गर्न बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।


हाल कतारमा १० जना र मलेसियामा २ नेपाली कामको सिलसिलामा दुर्घटनामा परि कोमामा उपचार गराईरहेका छन् । सम्बद्ध देशका राजदूतहरुले नेपालमा ल्याई उपचार गर्न सिफारिस गरेपछि बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र लेखेको हो । कोमामा  उपचार गराईरहेका नेपालीलाई रोजगारदाता कम्पनीले नेपालसम्म ल्याइदिने समेत बताएका छन् । नेपालमा उपचारका लागि आवश्यक आईसियु कक्षको व्यवस्था तत्काल गर्न बोर्डले स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो । बोर्डले यस्तो समस्या भविष्यमा पनि आईपर्ने हँुदा त्यसको व्यवस्था गर्नसमेत स्वास्थ्य मन्त्रालयसँग  अनुरोध गरेको छ ।

Advertisement



प्रतिक्रिया दिनुहोस्...