भूकम्पपछि दोलखाको भीमेश्वर महादेव मन्दिरमा १ हजार ७१ वर्ष पुरानो ‘गदा’ भेटियो (भिडियो)
Advertisement
दोलखा, आषाढ १६ । गत वैशाख १२ को शत्तिशाली भूकम्पबाट भत्किएको दोलखाको भीमेश्वर महादेव मन्दिरको गहना घरमा रहेका गरगहना सुरक्षित स्थानमा सार्नेक्रममा १ हजार ७१ वर्ष पुरानो ‘गदा’ फेला परेको छ ।
भूकम्प गएको दुई महिनापछि भीमेश्वर मन्दिरका गहनाहरु घरेलु तथा साना उद्योग विकास समितिको भवनमा सार्नेक्रममा उक्त गदा फेला परेको हो ।
/>दुईओटा कोठामा भन्डारण गरिएको र तीन छुट्टाछुट्टै निकायले लगाएको साँचो काटेर गहना स्थानान्तरण गर्नेक्रममा १ हजार ७१ वर्ष पुरानो गदा भेटिएको पुरातत्व विभागका प्राविधिक सहायक भीष्म बास्कोटाले जानकारी दिए ।

Advertisement



