.नेपालमा यसकारण देखियो अनौंठो सूर्य कारण सहित
Advertisement

काठमाण्डौ असार २३ काठमाडौंसहित देशका अधिकांश भागमा आज अनौठौ सूर्य देखिएको छ । अपरान्ह सूर्यको वरिपरि इन्द्रेणीजस्तो घेरा भएको अनौंठो सूर्य देखिएको हो ।

जल तथा मौसम विज्ञान विभागले सिरोस्टाटस नामक बादलका कारण सूर्य वरिपरि त्यस्तो घेरा बनेको जानकारी दिएको छ । विभागमा मौसमविद् बरुण पौडेलका अनुसार यसलाई हेलो फेनोमेना भनिन्छ। दश किसिमका बादलमध्ये सिरोट्राटस नामको बादलमा धेरै पानीको मात्रा हुने भएकाले सूर्यका किरणले सो बादल पार गर्दा यस्तो घेरा बन्ने उनको भनाई छ । अनौठो सूर्य किन देखियो भन्ने धेरैलाई चासो लाग्नु स्वाभाविक भएपनि यसलाई सामान्य रुपमा लिनुपर्ने उनले बताए ।पूर्वेली न्यूजबाट

Advertisement



प्रतिक्रिया दिनुहोस्...