अमेरिका पुगेपछि नायिका निशा अधिकारीले केश मुन्डन गरिन
Advertisement
काठमाडौं, असार १७
हालै अमेरिका पुगेर कपाल छोटो पारेर चर्चामा आएकी अभिनेत्री निशा अधिकारीले एक कदम अगाडि बढ्दै आफ्नो केश मुन्डन गरेकी छन्। उनले आफ्नो फेसबुकमा मुन्डन गरेको फोटो पोस्ट गरेकी छन्। फोटो पोस्ट गरेकी निशाले आफूले मुन्डन गरेको प्रत्येक पलको मज्जा लिइरहेको लेखेकी छिन्।
त्यसैगरी निशाले सो पोस्टमा आफ्नो मनले भनेको कुरा गर्नुपर्ने पनि लेखेकी छिन्। उनी अमेरिका पुगेपछि क्रिकेटर शरद भेषवाकरसँगको प्रेमसम्वन्ध टुङ्गिएको हल्ला चलेको थियो जसलाई पछि दुवैले खण्डन गरेका थिए।

Advertisement


