वाट्सएपले ल्यायाे नयाँ सुविधा
Advertisement
वाट्सएपले आफ्नो वेव संस्करणलाई नयाँ विशेषताका साथ प्रस्तुत गरेको छ । यसमा अब प्रयोगकर्ताहरुले आफूले गरेको कुराकानी र ग्रुप च्याटलाई नियन्त्रण गर्न सक्नेछन् ।
डेस्कटप र ल्यापटपबाट गरिएका वाट्सएप च्याटहरुलाई वाट्सएप वेव इन्टरफेसले सामान्य रुपमा मात्र नियन्त्रणका लागि स्विकृति दिनेछ ।
thenextweb.com का अनुसार प्रयोगकर्ताहरुले ब्राउजर भर्जनमा केही बदलावहरु, जस्तै प्रोफाइल फोटो र स्ट्याटस म्यासेज ईडिट र केही सानातिना युआइ परिवर्तन गर्न सक्नेछन् ।
यसका साथै चलिरहेका च्याट डिलिट गर्ने, च्याट आवाज म्युट गर्ने, ग्रुप च्याटलाई त्याग्न सकिने सुविधाहरु पनि वाट्सएपले थपेको छ ।source kinmel.setopati.
Advertisement