‘हेमा मालिनीको यति सानो सोच‘
Advertisement

अघिल्लो विहिबार भएको कार दुर्घटनामा बलिउड अभिनेत्री तथा बिजेपी सांसद हेमा मालिनी घाइते भएकी छन्। दुर्घटनासँगै मिडियामा उनको चर्चा पनि चुलिएको छ। बुधबारमात्रै मालिनीले ट्वीट मार्फत् अर्को गाडीको ड्राइभरले ट्राफिक नियम पालना नगरेको आरोप लगाएकी छन्।

 उनको आरोप सार्वजनिक भएपछि घटनामा आफ्नी छोरी गुमाएका हनुमान खंडेलवालले मालिनीले आफ्नो बचाउका लागि प्रयास गरेको ठीकै भएपनि जनप्रतिनिधी र जिम्मेवार व्यक्तिले यसरी आरोप लगाएको देख्दा दुःख लागेको बताए। बिबिसी हिन्दी सेवासँग कुरा गर्दै खंडेलवालल भने–सांसद र जिम्मेवार प्रतिनिधी भएर पनि  हेमा मालिनीको यति सानो सोच। उनले घटना हुँदा आफूले सुस्तरी गाडी हाँकेको बरु हेमा मालिनीको गाडी  १५० किलो मिटर प्रतिघण्टाको रफ्तारमा गुडेको बताए।
 साइकल पसल चलाउने खंडेलवालका परिवारका अन्य सदस्यहरु पनि घाइते भएका छन्। सरकारले उपचार लगायत कुनै कुरामा पनि सहयोग नगरेको उनीहरुको गुनासो छ। हेमा मालिनीले आफूहरुलाई सहयोग गर्ने उनीहरुको आशा छ।source:setopati

Advertisement



प्रतिक्रिया दिनुहोस्...